प्रहरीमा रिक्त बढुवा ब्रिफकेशको लेनादेनाबाट, सूची तयार हुँदैछ


Tuesday, 21 Nov, 2017 12:00 AM

काठमाडौं  -चार डिआईजीलाई एआईजी बढुवा सिफारिससँगै सरकारले रिक्त पाँच पदमा एसएसपी बढुवा गर्ने तयारी गरेको छ । गत साता एआईजीको चार पद सिर्जना गरेर सरकारले डिआईजीहरू हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस गरिएको थियो । सिफारिसमा परेका डिआईजीहरू आईजिपी प्रकाश अर्यालका ब्याची हुन् । तीन महिनाअघि नै सरकारले दुई वटा एआइजीको दरबन्दी सिर्जना गरेको थियो । तर, भागबण्डा मिलाउन दुईवटा दरबन्दी थपेर चार पु¥याईएको हो ।

डिआईजी बढुवा सिफारिससँगै एसएसपीबाट डिआईजीमा बढुवाको लागि सरकारले लिस्ट तयार पारेको छ । राम्रो भन्दा पनि हाम्रालाई बढुवा दिने निश्चित भएपछि प्रहरी भित्र फेरि अन्सतुष्टी छाएको छ । सरकारले केदार रिजाल, सुवास चौधरी, दिनेश अमात्य, सुशिल भण्डारी र रवीन्द्र शर्मालाई डिआईजीमा बढुवा गर्ने तयारी गरेको छ । बरिष्ठ र दक्ष भन्दा पनि चाकडी चाप्लुसी र ब्रिफकेश बुझाएकै भरमा बढुवाको तयारी गर्न लागेको स्रोतले बतायो ।

बरिष्ठ क्रम र योग्य अधिकृतका रूपमा चिनिएका दिपक थापा, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दानसिंह बोहोरा जस्ता काविल अधिकृतलाई पाखा लगाएर बदनाम छवि भएका प्रहरी अधिकृतलाई बढुवाको तयारी गरेको स्रोतको दाबी छ । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आर्जु देउवालाई ब्रिफकेश बुझाएर अधिकृतहरुले फूली लगाउने सपना सजाएका छन् ।

एसएसपीबाट डिआईजीमा बढुवा हुनका लागि कार्य क्षमता र योग्यताको मापदण्ड भन्दा पनि ब्रिफकेशलाई नै प्राथमिकतामा राखिएको छ । प्रहरीको बढुवा तथा सरूवामा प्रधानमन्त्री देउवा पत्नी आरजुले करोडौंको चलखेल गदै आएका समाचार बाहिरीदै आएको छ ।

Related News

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top