नेपाल प्रहरीका पांच डिआईजीकालागी १९ एसएसपी प्रतिस्पर्धामा, सात एसएसपीमा को को


Tuesday, 14 Nov, 2017 12:00 AM

काठमाण्डौ -सोमबार मध्य राती चार डिआईजीलाई एआईजी बढुवामा सिफारिस भएपछि पांच डिआईजी र सात एसएसपीकालागी बढुवा तयारी शुरु गरिएको छ । डिआईजी बढुवाकालागी २०४५ असार ३० मा भर्ना भएका टोलीका रविन्द्र प्रसाद शर्मा एक नम्वरमा छन । सोहि टोलीका प्रेम चन्द, श्याम खड्का पनि बढुवाका प्रतिस्पर्धि हुन । उनिहरुसंगै २०४६ माघ २९ मा भर्ना भएका दिपक थापा, विष्णुहरी गौतम, महेशबिक्रम शाह, दिनेश अमात्य, केदार रिजाल, नारायणसिह खड्का, कमल जिटी, शेरबहादुर वस्नेत, दानसिह बोहरा, पिताम्वर अधिकारी, सुशिल कुमार भण्डारी रामप्रसाद श्रेष्ठ, सुरज केसी, महेन्द्रकुमार पोखरेल, मोहनराज जोसि, विनोद शर्मा घिमिरे डिआईजी प्रतिस्पर्धामा छन ।

उनिहरु मध्ये पांच जनालाई मंगलबार बढुवाकालागी सिफारिस गर्ने तयारी गरिएको छ । त्यसै गरि सत एसएसपीकालागी पनि दर्जनौ एसपी प्रतिस्पर्धी छन । यस मध्ये २०४६ माघ २९ को टोलीका दिलीप बस्नेत, विभुतीराज पाण्डे राजेन्द्र ढकाल, २०४९ वैशाख १९ टोलीका प्रकाश अधिकारी, अरुणकुमार विसि, राजेन्द्र चौधरी, शरद खत्री, बिक्रम चन्द, शेखर कोईराला, मुकुन्द आचार्य, सहकुल थापा, पुजा सिह, विरेन्द्र वस्याल, सुशिल यादव , मसाउद आलम खां, सानुबाबु थपलिया, किशोर कुमार दाहल, नलप्रसाद उपाध्यया लगायत छन ।

Related News

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top