संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !


Thursday, 17 Aug, 2017 12:00 AM

श्रीप्रसाद प्रसाईं
लोकतन्त्र स्थापना भएपछि आफैं मुलुकको सर्वेसर्वा भएकोले जे गर्दा पनि अरूका लागि मान्य हुन्छ भन्ने अहंतावादी दृष्टिकोण नेतामा विकसित हुँदै आयो । कानुनभन्दा माथिको ठान्ने शंकुचित मानसिकताले नेतालाई स्वेच्छाचारी बनाउँदै ल्यायो । यसैकारण राज्य संयन्त्रका सबै निकायलाई नेताले आफ्नै स्वेच्छाचारी प्रवृत्तिबाट सञ्चालन गर्न थाले । कानुनभन्दा नेताको मौखिक आदेश व्यवहारमा प्रभावकारी बन्दै आएपछि ऐन कानुनहरू कागजमै मात्र सीमित हुन पुगे । कानुनको प्रयोग केवल विपक्षी र विरोधीकै निम्ति मात्र गर्ने प्रवृत्तिले बढावा पाउँदै गयो । मातहतका सरकारी निकायहरूलाई प्रयोग गरी नेताहरूले फाइदा लिँदै आए । यस अवधिमा नेताको स्वार्थमा सबैभन्दा बढी प्रहरी निकाय सिकार हुन पुग्यो । राजनीतिक स्वार्थकै कारण प्रहरीको संगठनात्मक एकतालाई कमजोर बनाउने काम भयो । नेताको स्वार्थमा साथ दिँदा आफूले पनि अवसर पाउन थालेपछि प्रहरी अधिकृतहरू पनि एकपछि अर्को गर्दै नेताकै पछि लाग्न थाले । अस्थिर राजनीतिको कारण बराबर हेरफेर भइरहने सरकारको संरचनाअनुसारै प्रहरी अधिकारीहरूमा पनि प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमै सत्ता शक्तिको नजिक हुने प्रवृत्ति बढ्दै गएपछि प्रहरीको संगठनात्मक एकतामै खलल पुग्दै गयो । प्रहरी संगठनको एकतामा खलल पु¥याएरै आफ्नो स्वार्थमा प्रहरीलाई प्रयोग गर्न सहज हुने ठानेर नेताहरूले पनि प्रहरी संगठनलाई एकत्रित एवं मजबुत बनाउन चासो दिएनन् । यो क्रम अहिलेसम्म कायमै रहिआएको छ । प्रहरीलाई मजबुत बनाइए स्वार्थमा प्रयोग गर्न सकिँदैन भन्ने नेताको मानसिकताको अझै अन्त्य भएको पाइँदैन ।

प्रहरीमा हुँदै आएको राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य नभएसम्म प्रहरी सेवा स्वच्छ, पारदर्शी र जनभावना अनुकूल हुन सक्दैन । राजनीतिक हस्तक्षेपले प्रहरीमा पारेको नकारात्मक प्रभावको बारेमा बराबर चर्चा परिचर्चा हुने गरेको विदितै छ । प्रहरीबराबर आलोचनाको पात्र बन्ने गर्नुको प्रमुख कारण नै राजनीतिक हस्तक्षेपकै परिणाम हो । प्रहरीले मुद्दा दर्ता गरेन, मुद्दा दर्ता गराउनकै लागि दबाव दिनुप¥यो । मुद्दा दर्ता गरे पनि अभियुक्तलाई पक्राउ गर्न चासो देखाएन, पक्राउ परेको अभियुक्तलाई मुद्दा फित्तलो बनाई उन्मुक्ति दिलायो, फरार अभियुक्त पक्राउ गर्न तत्परता देखाएन, नेताको दबाबमा अनुसन्धान पूरा नहुँदै मुद्दा टुंग्यायो, उल्टै अपराधीले पीडितलाई धम्क्याउँदै आएको छ । पीडितलाई राहत र न्यायको अनुभूति दिलाउनुको सट्टा पीडितले झन् पीडित बन्नुपर्ने अवस्था सिर्जना भयो । सर्वसाधारणबाट व्यक्त हुने आलोचनाको जड राजनीतिक हस्तक्षेप हो भन्ने कुरा सबैले अनुमानसम्म गर्न सकेका हुँदैनन् । सुन्दा अपत्यारिलो लागे पनि यो वास्तविक यथार्थ हो ।

अनुसन्धानमा प्रभाव

राजनीतिक हस्तक्षेपको असर सबैभन्दा बढी प्रहरीको अनुसन्धानको क्षेत्रमा पर्दै आएको छ । आपराधिक घटना भइसकेपछि उक्त अपराधको वास्तविकता पहिचान गरी अपराधमा संलग्न व्यक्तिलाई दोषी प्रमाणसहित कारबाहीका लागि अदालतसम्म पु¥याउने दायित्व प्रहरीको हो । यस क्रममा आरोपितले यसरी अपराध ग¥यो भन्ने कुराको क्रमानुसारकै घटना प्रकृतिको विवरण, सबुद प्रमाणबाटै प्रस्तुत गराउने तथा उक्त सबुद प्रमाणहरू अभियुक्तसँग यसरी सम्बन्धित छन् भन्ने कुरा प्रमाणित गर्ने दायित्व पनि सम्बन्धित अनुसन्धान अधिकृतकै हो । कुनै पनि आपराधिक घटनाको बारेमा प्रहरीलाई समयमै सूचनाको आवश्यकता पर्दछ तथा सकेसम्म अपराधीले छोडेर गएपछिको घटनास्थलको अवस्थालाई यथावत् सुरक्षित राख्नुपर्छ । यति भए घटनास्थलको अध्ययन अनुसन्धानबाट फरार रहेको अभियुक्तसम्म प्रहरी पुग्न सक्छ । यहीबीचमा गरिने सम्पूर्ण प्रहरी कार्यहरू नै अनुसन्धानअन्तर्गत पर्छन् । प्रहरी अनुसन्धान कसैको पक्षमा र विपक्षमा हुन सक्दैन । यो त केवल घटनाको वास्तविकता उजागर गर्ने कार्यमा मात्रै लक्षित रहन्छ भन्ने कुरा समाजले बुझ्नुपर्ने हुन्छ । तर पछिल्लो समयको सामाजिक दृष्टिकोण यस्तो छैन । आपराधिक घटना हुनासाथ घटना सम्बद्ध विषयवस्तुलाई राजनीतिक बहसको विषय बनाइन्छ ।

अपराध गर्ने व्यक्तिलाई आफैंले देखेझैं विपक्षी र विरोधीलाई अपराधमा मुछ्ने, पीडितले बताएको शंकास्पद व्यक्ति आफ्नो पक्षको भए त्यसको नामै लिन नदिने, रिसईबी परेका र विपक्षीहरूलाई आशंकाको घेरामा पार्न पीडितलाई सल्लाह दिने, घटनास्थलबाटै रंगेहात पक्राउ परेको व्यक्ति आफ्नो पक्षको भए उसलाई छुटाउनका निम्ति नारा जुलुसै गर्ने, चक्काजाम र बन्द हड्तालै हुने, प्रहरीको अनुसन्धानलाई अन्योलपूर्ण बनाउन झुटा उजुरी दिन लगाउने, पीडितलाई नै प्रभावमा पारी आफूले चाहेअनुसारको उजुरी हाल्न लगाउने कार्यमा स्थानीय राजनीतिक प्रतिस्पर्धा नै प्रारम्भ हुन पुग्छ । यस्तो अवस्थाले प्रहरीको अनुसन्धान कार्य नै प्रभावित बन्न पुग्छ । निष्पक्ष रूपमा प्रहरीले अनुसन्धान थालेमा प्रहरीलाई नै अनर्गल आक्षेप र दोषारोपण गरी बदनाम गराउने काम हुन्छ । कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान अगाडि बढाएको स्थितिमा आफ्नो स्वार्थ सम्बोधन गर्न नसक्ने निष्कर्षसहित अनुसन्धान अधिकृतकै टिकाटिप्पणी र आलोचना गरी अन्यत्र सरुवा गराउने काम पनि भइरहेकै छ । यस्ता गलत कार्यहरू राजनीतिक स्वार्थमा आधारित रहन्छ । जसको प्रमुख उद्देश्य दोषी नै भए पनि आफ्नो पक्षको व्यक्तिलाई दण्ड सजाय गराउनुहुँदैन, जसरी पनि बचाउनुपर्छ भन्ने शंकुचित मानसिकता नै हो । यही मानसिकताले प्रभावित बन्न सक्ने अनुसन्धान अधिकृत भए त नेताका लागि सुनमा सुगन्ध नै हुने भएकोले प्रहरी अनुसन्धान पनि नाटकीय ढंगले अगाडि बढ्न सक्छ र वास्तविक अभियुक्तले दण्ड सजाय नपाई उन्मुक्ति पाउने अवस्था सिर्जना हुन पुग्छ ।

    राजनीतिक हस्तक्षेपले गर्दा पछिल्लो समयमा प्रहरीको व्यवहार र कार्यशैलीमै प्रभाव पु¥याएको देखिन्छ । राजनीतिक शक्तिलाई रिझाउने खालको व्यवहार प्रस्तुत भएको पाइन्छ । यति मात्र नभएर फलाना अधिकृत यो दल वा यो नेतास“ग सम्बन्धित छ भन्ने कुरा नै सार्वजनिक हुने गरेको पाइन्छ

यति मात्र होइन प्रहरीले घटनाको वास्तविक यथार्थतामा आधारित रही अनुसन्धान सम्पन्न गरी दोषीलाई कारबाहीका लागि अदालतमा प्रस्तुत गरिसकेको अवस्थामा पनि अभियुक्तलाई छुटकारा दिलाउन प्रहरीले अनुसन्धानका क्रममा तयार पारेका लिखत प्रमाणहरूजस्तो जाहेरीकै व्यहोरा, बयान, साक्षी, घटनास्थल प्रकृति, बरामती मुचुल्का, वस्तुस्थिति मुचुल्का र सर्जमिनमा रहेका व्यक्तिलाई नै प्रभावमा पारी प्रहरीले बदनियतपूर्ण तरिकाले आफ्नो नामबाट लिखत तयार गरी आफूलाई करकापमा पारी दस्तखत गर्न लगाएको भनी बाध्य बनाउने गरेको पाइन्छ । प्रहरीको अनुसन्धानमा हुने यो राजनीतिक हस्तक्षेपको पराकाष्ठा हो । यस्तो प्रभावबाट प्रहरी अनुसन्धान मुक्त नभएसम्म अनुसन्धानको स्वच्छता एवं पारदर्शिता स्थापित हुन सक्दैन । प्रहरी अनुसन्धान स्वच्छ र पारदर्शी नभएसम्म प्राकृतिक न्यायको सिद्धान्त व्यवहारमा लागू हुन पाउँदैन । अपराधीले उन्मुक्ति पाउँदै जाने, पीडितले झन्झन् पीडित बन्नुपर्ने अवस्था आउँछ । अहिले कतिपय घटनाका पीडितको अवस्था यस्तै छ ।

दक्षता अभिवृद्धिभन्दा नेता रिझाउने प्रवृत्ति

कुन प्रहरी अधिकृतको कार्यदक्षता कस्तो छ भन्ने कुरो संगठनले मापन गर्ने कुरो हो । प्रहरी पेसाप्रतिको निष्ठा, योग्यता र कार्यदक्षता, पारदर्शी कार्यशैली र इमानदारी, पक्षपातरहित कार्य र जनसम्पर्क, कार्य क्षेत्रमा खटिएको प्रहरी अधिकृतको स्तर मापनका कसी हुन् । यसैको आधारमा प्रहरी संगठनले कुन व्यक्ति दक्ष र को अदक्ष हो भन्ने कुरा मूल्यांकन गर्नुपर्छ । तर पछिल्लो समयमा प्रहरी अधिकृतको मूल्यांकन गर्ने संगठनमा निहित अधिकार व्यवहारमा राजनीतिक नेताहरूले हरण गरिसकेको देखिन्छ । अहिले कुन प्रहरी अधिकृत कस्तो छ तथा उसलाई कुन जिल्लामा सरुवा गर्न उचित हुन्छ भनी नेतालाई सोध्नुपर्ने अवस्था छ । प्रहरी संगठनले मातहतका अधिकृतहरूलाई स्वतन्त्रपूर्वक सरुवासम्म गर्न सकेको छैन । नेताकै आदेशअनुसारै सरुवा, बढुवा, पदस्थापना एवं नयाँ भर्ना गर्नुपर्ने अवस्थाले नै प्रहरीमा राजनीतिक हस्तक्षेपको स्थितिलाई प्रतिबिम्बित गर्दछ । नेताकै आदेश सर्वोपरी हुने भएकोले नेता रिझाउन नचाहने स्वच्छ र इमानदार प्रहरी अधिकृतबाहेक अधिकांश प्रहरी कर्मचारीले पछिल्लो समयमा नेतासँगको सन्निकट सम्बन्धलाई नै आफ्नो कार्य दक्षता र योग्यता ठान्दै आएका छन् । यो राजनीतिक हस्तक्षेपको हानिकारक पक्ष हो ।
वृत्तिविकासका निम्ति हुने अस्वस्थ्य प्रतिस्पर्धा

प्रहरी अधिकृतहरूको प्रहरी संगठनभित्रबाट हुने आन्तरिक मूल्यांकन पनि अहिले राजनीतिक प्रभावमा हुन थालेको छ । बढुवाको मापदण्ड पुग्न लागेका एउटै ब्याजका प्रतिस्पर्धी अधिकृतहरू नै आन्तरिक मूल्यांकनको समयमा सत्ता शक्तिकै प्रयोग गरेरै भए पनि प्रतिस्पर्धीको भन्दा आफ्नो मूल्यांकन अनुकूल बनाउन लागिपर्ने गर्दछन् । सभाव्य उम्मेदवारबीच हुने यस्तो अस्वस्थ्य प्रतिस्पर्धाले सुपरीवेक्षक, अवलोकनकर्ता र पुनरावलोकनकर्तालाई नै प्रभावित बनाएका दृष्टान्तहरू नेताहरूबाटै प्रकाशमा आउने गर्छन् । राजनीतिक हस्तक्षेपले प्रहरी संगठनमा ल्याएको यो विकृति आम प्रहरी कर्मचारीका निम्ति अत्यन्त घातक मानिन्छ ।

प्रहरी व्यवहार र कार्यशैलीमा प्रभाव

राजनीतिक हस्तक्षेपले गर्दा पछिल्लो समयमा प्रहरीको व्यवहार र कार्यशैलीमै प्रभाव पु¥याएको देखिन्छ । स्थानीय नेताको छनोटमा कार्यक्षेत्रमा पुगेका प्रहरी अधिकृतको व्यवहार निष्पक्ष नहुने संवेदनशील विषय वस्तुका बारेमा उनीहरूबाट हुने निर्णय स्वच्छता एवं पारर्शितामा आधारित नहुने, संरक्षण गर्ने, राजनीतिक शक्तिलाई रिझाउने खालको व्यवहार प्रस्तुत भएको पाइन्छ । यति मात्र नभएर फलाना अधिकृत यो दल वा यो नेतासँग सम्बन्धित छ भन्ने कुरा नै सार्वजनिक हुने गरेको पाइन्छ । राजनीतिक प्रभावको कारण उत्पन्न भएको एक पक्षीय व्यवहार समाजका लागि मान्य हुन सक्दैन । यस्तै, प्रहरी अधिकृतकै कारण सिंगो प्रहरी संगठन नै बदनाम हुने गरेको छ ।

जनताको नजरमा प्रहरीको छवि धमिलो

जनसहयोग बेगर प्रहरीको एकल प्रयासले मात्र प्रहरी कार्य सफल हुन सक्दैन । समाजमा शान्ति सुरक्षा कायम राख्न अपराध नियन्त्रण गर्न, घटित अपराधको अनुसन्धान गर्न, प्रकोपको बेलामा उद्धार तथा राहत प्रदान गर्न समेत प्रहरीका लागि जनसहयोग अपहरिहार्य ठानिन्छ । जनसहयोग नभएमा अपराधको सामान्य सूचनासम्म प्रहरीले समयमै प्राप्त गर्न सक्दैन । जनसहयोग उपलब्ध हुन जनतासँगको प्रहरी व्यवहार उत्कृष्ट हुनुपर्दछ ।

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

राजनीतिView More..

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नि बेन सवार गाडि जयपुरमा दुर्घटना, एकको मृत्यु

वामदेवको टेकोमा वाम एकता ! ओलीले तलमाथि गरे एमाले फुटाउने तयारी

यि खलपात्र जसले कांग्रेसलाई रसातलमा लान भूमिका खेले, अनि देउवाका दश कमजोरी

उम्मेदवारी नै हापेर नवराज सिलवालको प्रचारमा उत्रिए प्रतिद्धन्द्धि उम्मेदवार

आफुलाई सम्हाल्दै बीना मगरले शुरु गरिन कञ्चनपुरमा चुनावि अभियान

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट

देशले खोज्नुपर्ने र जनताले रोज्नैपर्ने नेताहरु जो चुनावी मैदानमा छन

डोल्पामा सबै भन्दा धेरै मत खस्यो, रोल्पामा सबै भन्दा कम अरु जिल्लामा कति ? सूचीसहित

प्रशासन View More..

Top