आईजीपी प्रकाश अर्याल हटाईदै, राजीनामा दिन्छन कि बर्खास्तीमा पर्छन ?

नेपाल प्रहरीमा फेरी राजनितीको फोहरी खेल


Monday, 18 Sep, 2017 12:00 AM

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल प्रहरीका आईजी प्रकाश अर्याललाई हटाउने अन्तिम तयारीमा पुगेका छन । प्रदेश नम्वर २ मा निर्वाचन भई रहेका बेला वालुवटारमा भने आईजीपी हटाउने फोहरी खेल शुरु भएको छ । सम्भवत सोमबारकै मन्त्रीपरिषदको वैठकबाट यसको छिनोफानो गर्ने तयारी वालुवटारले गरेको छ । त्यसकालागी प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत मनाई सकेका छन । अर्याललाई हटाएर वरियतामा दुई नम्वरमा रहेका  एआईजी जयबहादुर चन्दलाई आईजिपी बनाउने तयारी देउवा र दाहालको रहेको छ । आईजीपी फाल्ने खेलमा सहभागी नेताहरु निकट स्रोतका अनुसार त्यसका लागी दुई पार्टीका नेताबीच पटक–पटक छलफल भइसकेको छ । यो विषय छलफलको अन्तिम किनारामा पुगेको छ ।

स्रोतका अनुसार  देउवा एआईजी चन्दलाई महानिरीक्षक बनाउन कम्मर कसेर लागेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री जनार्दन शर्मा समेत अर्याललाई हटाउनेमा सहमत भइसकेका छन ।  राजिनामा दिएर मार्ग प्रशस्त गर्न देउवाले महानिरीक्षक अर्याललाई सन्देश पठाइसकेका छन् ।

प्रधानमन्त्री देउवा जसरी पनि चन्दलाई महानिरीक्षक बनाउने अडानमा छन् ।  महानिरीक्षकलाई हटाउने विषयमा सोमबार विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री जनार्दन शर्माबीच पनि प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डसहितको आइतबार बालुवाटारमा बसेको बैठकमा अर्याललाई समेत बोलाइएको थियो । देउवाले उनलाई राजिनामा दिन सुझाव दिएका थिए । तर,अर्यालले कुनै प्रतिक्रिया भने दिएका छैनन् । स्रोतकाअनुसार देउवाले अर्याललाई राजनीतिक नियुक्ती दिने आश्वासन दिएका छन् । राजिनामा नदिए मन्त्रिपरिषदको बैठकबाटै उनलाई हटाएर आफ्नो सुरक्षा सल्लाहकारमा सरुवा गर्ने तयारी देउवाले गरेका छन् ।

३० वर्षे सेवा हद नहटेको खण्डमा आईजीपी अर्यालसहित हालका एआईजी चन्द आगामी चैत २९ गतेदेखि अनिवार्य अवकाश पाउदैछन् । देउवाले उनलाई ६ महिनाका लागी भए पनि आईजिपी बनाउन चाहेका छन् । प्रहरीको आयुक्त कार्यालय रानीपोखरीमा कार्यरत एआईजी चन्द वरियतामा दोस्रो नम्बरमा छन् । बरियतामा एक नम्बरमा एआईजी बमबहादुर भण्डारी  रहेका छन् ।

यसअघि तेस्रो नम्बरमा रहेका तत्कालिन डीआईजी चन्दलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले आईजीपी नियुक्त गरेको थियो । चन्दलाई आईजीपी नियुक्त गरिएपछि सर्वोच्च अदालतले सरकारलाई सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएपछि उनको नियुक्ती बदर भएको थियो ।

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top