प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट शिक्षिकाले बच्चा जन्माएपछि .....


Saturday, 19 Aug, 2017 12:00 AM

प्रदीपचन्द्र राई
भोजपुर -
जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही स्कुलकी शिक्षिका रमिता राईलाई भर्खरै जन्मेको नवजात बच्चा मारेको आरोपमा घरैबाटै पक्राउ गरेको हो।

शुक्रबार रमिताले बच्चा जन्माएकी थिइन्। स्थानीयले बच्चाको विषयमा सोधखोज गर्दा उनले बच्चा कृष्णको भएको बताएपछि गाउँलेले प्रहरीमा खबर गरेका हुन्। स्थानीयले खबर गरेलगत्तै पुगेको प्रहरीले बच्चाको शवसहित दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाएको हो।

स्थानीय बोर्डिङ स्कुलमा अध्यापन गराइरहेका दुवै शिक्षक अविवाहित हुन्। अवैध सम्बन्धबाट बच्चा जन्मिएको स्थानीयको आरोप छ। आरोपित जोडीले बच्चा आफूहरुले नमारेको र बच्चा स्वयम् नै मृत अवस्थामा जन्मेको दाबी गरेका छन्। प्रहरीसँगको बयानमा बिहान ट्वाइलेट जाँदा पेट दुखेको र बच्चा त्यतिखेरै मरेकै अवस्थामा जन्मिएको रमिताले बताएकी छिन्।

स्थानीय घोडेटार बजारमा सञ्चालनमा रहेको श्री हतुवा इङ्लिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका कृष्ण राई र सोही स्कुलमा अध्यापन गराइरहेकी स्टाफ रमितासँग प्रहरीले घटनाको विषयमा बयान लिइरहेको छ।

प्रहरीले बच्चाको हत्या भएको हो वा होइन भन्ने यकिन गर्न बच्चाको शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मात्र ती दुवैलाई आवश्यक कारवाही थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।


अन्नपूर्ण

Related News

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top