राजकुमारी नगद र २८ तोला सुनसहित वेपत्ता, भेट्टाई दिनेलाई १ लाख नगद पुरुस्कारको घोषणा


Monday, 14 Aug, 2017 12:00 AM

काठमाडौं  -उनको नाम हो, राजकुमार शाह । घर चितवन जिल्ला, राप्ती नगरपालिका वडा न। ९, खुरखुरे । आफ्नो जीवनका ३३ वर्षमध्ये उनले ६ वर्ष त कोरियामा काम गरेरै बिताए, तर कमाई भने अहिले हातमा छैन । जो कोहीलाई लाग्न सक्छ, त्यहींका नेपालीले ठगे रु होइन । उसोभए दलाल वा लुटेराको फन्दामा परे रु त्यो पनि होइन । हुण्डीवालाले झुक्याए होलान् रु त्यस्तो पनि भएको होइन । तर उनी आफु लुटिएकोमा उजुर-वाजुर गर्दै छन् । आफु ठगिएको हो वा कुनै अकल्पनीय दुर्घटनाको शिकार भएको हो भनेर अझैसम्म खुट्याउन सकेका छैनन् । त्यसैले सबैसँग सत्यतथ्यको खोजि गरिदिन हार गुहार गर्दैछन् । कुनै सुराक फेला परिहाल्छ कि भनेर यताउता भौतारिदै छन् ।

यस्तो छ, उनीमाथि परेको बज्रपातको कथा । साउन २० गते शुक्रबार, उनि काममा व्यस्त थिए यताबाट श्रीमतीले फोन गरिन्  ‘दाँत दुखेर मर्न लागें, अस्पताल जानु पर्यो ।’ छ महिना अघि गएको माघ २४ गते दुलही घर भित्राएर तीन महिना मात्र सँगै बिताएका उनले सहज जवाफ फर्काए- ‘हुन्छ, भाईलाई साथ लिएर जाउँ ।’ तर उनि एक्लै चितवनको सेन्ट्रल अस्पताल पुगिन् जहाँ उनले पहिले देखि नै जचाउँदै आएकी थिइन् ।

राजकुमारका साथि नै त्यहाँ कार्यरत डाक्टर थिए तर त्यो दिन उनि रहेनछन् । आफ्नो नियमित डाक्टर नभेटेपछि उनले फेरी कोरियामा रहेका श्रीमान् लाई सो कुराको रिपोर्ट गरिन् । उनले उपाय सुझाए, ‘त्यसोभए चितवन मेडिकल कलेज जाऊ ।’ बस् यो नै उनीहरु बिचको अन्तिम सम्बाद थियो त्यसपछि उनको मोवाइल ‘स्विच अफ’ छ । उनकी राजकुमारी अर्थात् पुनम कुमारी गुप्ता ९शाह० कहाँ छिन्, कुन हालतमा छिन् कसैलाई थाहा छैन ।

श्रीमती हराएको थाहा पाउने बित्तिकै उता राजकुमार कोरियामा नै बेहोस भए । नहुन् पनि किन, साउन २५ गते जन्मदिन परेकी पुनमका लागी उनले भनेजस्तै हीरा जडित सुनको औठी र उनैले अनलाइन भिडियो मार्फत रोजेको ब्याग र अन्य लुगा, कपडा अघिल्लो दिन मात्र जन्मदिनको उपहारको रुपमा किनेर दशैमा आउँदा ल्याउने गरि सुटकेशमा राखेका थिए । आफुले जति दुख गर्नुपरे पनि उनले पुनमलाई गहनाले छोपेका थिए । उनका कुनै रहर अपुरो राखेका थिएनन् । यसो भनौं राजकुमारी झैँ सजाएका थिए । सुखको महल खडा गरिदिएका थिए ।

दशैमा घर आऊने टिकट काटीसकेका उनको सो टिकट रद्ध गरेर साथीहरुले भोलिपल्ट कै हवाई टिकट मिलाइदिएपछि उनि २२ गते काठमाडौँ झरे र २३ गते चितवन पुगेर श्रीमतीको खोजीमा व्यस्त छन् । तर, हालसम्म उनको अत्तोपत्तो छैन । न त कहाँ र कस्तो हालतमा होलिन् भन्ने कुनै अनुमान नै लगाउन सक्ने अवस्था छ ।

राजकुमारलाई सबैभन्दा हैरान पार्ने कुरा के हो भने श्रीमती मात्र हराइनन् साथमा उनले बिदेशी भूमिमा पसिना बगाएर कमाएको ३८ तोला सुन, ३ लाख नगद र मायाँ गरेर श्रीमतीलाई किनिदिएका महँगा बस्त्र, आभूषण समेत हराए । उनले स्थानीय खैरेनी प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय चितवन र नगरपालिका कार्यालयमा समेत हराएकी श्रीमतीको खोजि गरिदिन अनुरोध गर्दै निवेदन हालेका छन् । तर, बारा जिल्ला तेहिता माइती घर भएकी २५ वर्षकी पुनमको कुनै अत्तोपत्तो छैन ।

प्रहरीले हालसम्म गरेको अनुसन्धानबाट पुनमले प्रयोग गर्ने फोन नम्बर ९८२४२५२४४० मा निरन्तर सम्पर्कमा रहेका फोन नम्बरहरु ९८२११४४७३६, ९८०९२२९२२९ र ९८०४२०६२५१ देखिएको राजकुमार बताउँछन् । उनका अनुसार यी नम्बरहरु कुनै आफन्त वा पुनमका माइत वा घरपट्टिका कुनै परिचितको होइन । यसबाट उनलाई कुनै अपराधीले जालमा पारेर गहना र नगद हत्याई कुनै अप्रिय घटना त घटाएन भन्ने प्रश्न समेत उब्जिएको उनि बताउँछन् । त्यसैले उनले आफ्नी श्रीमतीको तस्बिर फेसबुकमा राखेर उनलाई भेट्टाई दिनेलाई १ लाख नगद उपहार स्वरूप दिने घोषणा पनि गरेका छन् ।

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top