सहमतिमा सेक्स रिस, उठेपछि बलात्कार,राजधानिमै भयो यस्तो घटना !


Tuesday, 20 Sep, 2016 11:32 AM

काठमाडौं-  दुई साता अगाडि महानगरीय प्रहरी वृत्त बालाजुमा दुई महिला आफ्नो गुनासो लिएर पुगे । उनीहरूले आफ्नो गुनासो वृत्तका डिएसपी सन्तोष तामाङलाई सुनाए । कहीँ कतैबाट नाता पर्ने नवलपरासीका एक युवकबाट आफू बलात्कृत भएको गुनासो पोखे । दुई महिलामध्ये एक आमा र एक छोरी थिए । भावविह्ल अवस्थामा रहेका आमाछोरीलाई डिएसपी तामाङले न्याय दिलाउने बचने दिँदै जाहेरी दिन लगाए । सापटी दिएको तीन हजार रुपैयाँ फिर्ता गर्ने बहानामा बालाजुस्थित कोठामा आएका ति युवकले आफूलाई जबरजस्ती करणी गरेको दाबी ती युवतीको थियो । जाहेरी र पीडितको बयान लिएपश्चात् अनुसन्धानमा जुटेका डिएसपी तामाङले नवलपरासीमा रहेका ती युवकलाई २४ घन्टा नबित्दै पक्राउ गर्न सफल भए ।

पक्राउ गरेर काठमाडौं नआउँदै थाहा भयो आमा छोरीको नियत कारबाही गराउनेको सट्टा ती युवकका आफन्तसँग सुरु भयो बाग्रेनिङ । आरोपित युवकलाई पक्राउ गरेर हिरासतमा राखेपछि आमाछोरीले डिएसपी तामाङलाई भने हाम्रो कुरा मिल्यो केटालाई छाडिदिनु । डिएसपी तामाङ छाँगाबाट खसेझै भए, हिजोसम्म रोइकरार्ई गर्ने र कारबाही गर्नुप¥यो भन्ने आमाछोरी बलात्कृत गर्नेलाई छाड्न आदेश दिन थालिन् । त्यसपछि डिएसपी तामाङले जाहेरी दर्ता भइसकेको र बलात्कार गर्ने अपराधीलाई छाड्न नमिल्ने भन्दै मुद्दा चलाउने बताएपछि बल्ल खुल्यो आरोपको रहस्य ।

कहीँ कतैबाट नाता पर्ने तर विवाह गर्न मिल्ने ती युवकसँग युवतीको पहिलेदेखि नै लसपस हुँदै आएको थियो । डिएसपी तामाङका अनुसार पछिल्लो समय ती युवकसँग खटपट भएको र अर्कै केटीसँग विवाह गर्ने हल्ला चलेपछि ट्रयापमा पारेर छोरीको विवाह गराउने योजनामा आमा भएको रहस्य खुल्यो । योजनामुताबिक प्रहरीलाई दुरुपयोग गरेर आफ्नो दुनो सोझ्याउन लागिपरेका आमाछोरीको सपना चौपट भयो जतिखेर डिएसपी तामाङले जबरजस्ती करणीमा मुद्दा अघि बढाए ।

‘पहिला नै प्रहरीलाई जे हो वास्ताविकता बताएको भए सक्दो सहयोग गर्थें, तर प्रहरीलाई मिसयुज गरेर कसैलाई बार्गेनिङ गर्ने अधिकार छैन’, डिएसपी तामाङले भने,‘सरकारी डायरीमा जाहेरी दर्ता भइसकेको थियो, मैले चाहेर पनि केही हुन सक्ने अवस्था थिएन । अब अदालतबाट छुटाउन लागिपरेका छन् ।’ उनीहरूको उद्देश्य भनेको प्रहरीबाट छुटाइदिन्छु मुद्दा फिर्ता लिन्छु भनेर केटालाई विवाह गर्न बाध्य बनाउनु रहेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय महिला अधिकार, महिला हकहितका लागि बनेका कानुनको चरम दुरुपयोग यसरी बढ्न थालेको हो । कथित महिलाले आफ्नो क्षणिक स्वार्थ पूरा गर्न खोज्दा आम महिलामाथि नै प्रश्नचिह्न खडा हुन थालेको छ । सहमतिमा सेक्स गर्ने अलिकति चित्त नबुझेपछि रेप भयो भन्दै हल्ला गर्ने परिपाटीले समाजमा विकराल रूप लिन थालेको छ । बढ्दो सहरीकरण र पश्चिमेली मुलुकको प्रभावले लिभिङ टुकेदरसहित यस्ता घटना बढ्न थालेका उदाहरण धेरै छन् । समाजमा बदनाम हुने डर, पारिवरिक डर र आर्थिक लोभमा फसेपछि सहमतिमा भएका सम्बन्धलाई युवतीले बलात्कृत भई भन्दै उजुरबाजुर गर्ने परिपाटीले समाजमा विकराल रूप नलेला भन्न सकिन्न ।

Related News

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top