किर्तेका योजनाकार गृहसचिव रेग्मी प्रधानन्यायाधीश फर्केपछि माताको शरणमा


Monday, 8 May, 2017 8:26 AM

काठमाडौं - सरकारी छाप दस्तख्त किर्ते गरेरै डिआईजी प्रकाश अर्याललाई महानिरीक्षकको फूली लगाईदिने मुख्य योजनाकार गृहसचिव लोकदर्शन रेग्मी घटनाक्रम प्रतिकूल हुने संकेतपछि अत्तालिएका छन् । गृहसचिव रेग्मी आफुमाथि आईपरेको संकट टारिदिन काठमाडौं उपत्यकामा रहेका शक्तिपीठ धाउन थालेको जनप्रहारले पत्ता लगाएको छ ।

ग्रहदशा बिग्रिएको र ठूलो संकट पर्ने ज्योतिषको भविष्यवाणी र सर्वोच्चमा प्रधानन्यायाधीश सुशिला कार्कीको पुनरागमनपछि अत्तालिएका गृहसचिव रेग्मी शनिबार मध्यान्ह दक्षिणकाली पुगेका थिए । स्रोतका अनुसार एक्लै दक्षिणकाली पुगेका रेग्मीलाई स्थानीय प्रहरीले सुरक्षा दिएको थियो । दक्षिणकालीमा हुने मध्यान्हको नियमित पुजापछि पहिलो दर्शनधारी बनेका गृहसचिव रेग्मीले मन्दिरका पुजारीसँगै बिशेष पूजा अर्चना गरेका थिए । स्रोतका अनुसार हतास र निराश देखिएका रेग्मीले कसैसँग केही नबोली पूजा सकेर फर्किएका थिए ।

सरकारले डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णयविरूद्ध सर्वोच्च गएका डिआईजी नवराज सिलवालको आदेशमा स्पष्टसँग उल्लेख भएका विवरणलाई आफु अनुकुल व्याख्या र सरकारी गोप्य कागजपत्र समेत किर्ते गर्नेमा गृहसचिव रेग्मी मुख्य योजनाकार बनेको स्रोतले दाबी गर्दै आएको छ ।

सर्वोच्चको चैत्र ८ को आदेशपछि २० दिनसम्म चुपचाप बसेको मन्त्रिपरिषद्ले महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठको संयोजकत्वमा चैत्र २८ गते गृहसचिव रेग्मी सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, कानून सचिव कमलशाली घिमिरे र एआईजी दिनेशचन्द्र पोखरेल सदस्य रहेको समिति गठन गरेको थियो । सोही समितिले डिआईजी अर्यालले बढि अंक ल्याएको प्रतिवेदन सरकारलाई दिएपछि मन्त्रिपरिषदले सोही दिन मध्यरातमा डिआईजी अर्याललाई महानिरीक्षक बनाएको थियो ।

किर्तेका मतियारलाई सरकारको उपहार
सरकारले महानिरीक्षक नियुक्तीमा गरेको भूल सुधार गरेको सर्वोच्च अदालतले मुख्य निर्णय सुनाउनु अघि आदेश गर्दै लोकसेवा आयोग, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट २४ घण्टामा कार्य सम्पादन मुल्यांकन फाईल मगाएर अध्ययन गरेको थियो । चैत्र ८ को अदालतको आदेश सबै सरकारी दस्तावेजको अध्ययनपछि सुनाईएको थियो । आदेशको पूर्णपाठमा स्पष्ट शब्दमा डिआईजी सिलवालको अंक बढि रहेको उल्लेख भएपनि सरकारले एकपछि अर्को भूल गर्दै गयो । जसको पछिल्लो परिणाम सरकार मुख देखाउन लजाउनुपर्ने अवस्था सृजना भएको छ ।
तर सरकारलाई किर्ते गरेर बनाएका आईजी अर्यालले सिलवाल ठिक पार्छन् भन्ने योजनामा भुलाउने मुख्य मतियार भने एकपछि अर्को उपहारबाट पुरस्कृत भै रहेका छन । सरकारलाई आईजिपी नियुक्तीमा सहयोग गरेका विवादित सचिव टंकमणि शर्मा महालेखापरिक्षकमा सिफारिस भएका छन् । यस्तै सरकारले कानून सचिव कमलशालीलाई उधारोमा आयोग वा अदालतको पुरस्कार दिएको  छ । यस्तै एआईजी दिनेशचन्द्र पोखरेललाई प्रहरीको मेडिकल कलेज र अवस्था हेरेर उनको निजी स्वास्थ्य संस्थालाई सम्बन्धन दिने पुरस्कार बाँडिएको हो ।
किर्तेपछिको ताण्डव
सरकारले अंक थपघटको आरोप लगाएर धरपकडमा उत्रिएपछि अस्वस्थ्य रहेका डिआईजी सिलवाल अस्पताल भर्ना हुन पुगे । बहालवाला डिआईजीलाई पक्राउ गर्न एकाबिहानै सशस्त्र गणका एसपी पठाउनेदेखि मुद्दा चलाउने तयारीसम्मको ताण्डव गरेको सरकारले अन्त्यमा नसकेपछि प्रधानन्यायाधीश कार्कीलाई महाभियोगसम्मको अन्तिम अस्त्र प्रयोग गरेको थियो । सरकारको अन्तिम अस्त्रको प्रभाव उल्टो र प्रतिकूल सिद्ध भएपछि अन्यौलमा रहेको सरकार अब बैशाख २८ मा आउनसक्ने सर्वोच्चको अर्को फैसालाको कारण अत्तालिएको छ ।


जनप्रहारवाट

 

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top