रेखा थापालाई थाहा छैन आफ्नै पार्टीको नाम !


Monday, 19 Dec, 2016 7:45 AM

काठमाण्डौ- सोमबार एक समारोहका बीच नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । नेपालको सबैभन्दा सफल नायिका त्यसमाथि पनि यसअघि माओवादी केन्द्रसँग जोडिएर चर्चामा आएकाले रेखाको पार्टी प्रवेशलाई लिएर धेरैले चासो देखाए ।


पार्टी प्रवेश कार्यक्रममा पत्रकारको बाक्लो उपस्थिति देखियो भने सोमबार बिहानै देखि उनलाई विभिन्न मिडियाकर्मीको फोन उठाउन भ्याइनभ्याइ थियो । करिब आधा दर्जन अनलाइनमा त उनले अन्तर्वार्ता मात्र दिइन् ।

यसरी सोमबार संचारमाध्यक तथा सामाजिक संजालमा चर्चाको सबैभन्दा अग्रपङ्तितमा रेखा नै थिइन् । तर, उनै रेखालाई भने आफू प्रवेश गर्न लागेको पार्टीको ना नै थाहा नभएको प्रमाण् फेला परेको छ ।

रेखालाई थाहा छैन आफ्नै पार्टीको नाम
यही मंसिर ६ गने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको सबैलाई थाहै छ । एकताको खबर अनलाइन, पत्रपत्रिका, टिभी, रेडियो हुँदै सामाजिक संजालमार्फत चारैतिर फैलिएको थियो ।

एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखियो । यो सबैलाई थाहा भएकै कुरा हो । तर, सोही पार्टीबाट प्रभावित भएर प्रवेश गरेको बताएकी रेखालाई भने आफू कुन पार्टीमा प्रवेश गर्दैछु भन्ने नै थाहा रहेनछ ।

काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रमको भिडियो ३० लाख बढी शुभचिन्तकले पछ्याएको आफ्नो फेसबुक पेजमार्फत सेयर गर्दै नायिका थापाले लेखेकी छन्, ‘राप्रपा नेपाल प्रवेश गर्ने कार्यक्रम ।’



आफूले राजनीतिको बारेमा गहिरो अध्ययन गरेपछि मात्र राप्रपामा प्रवेश गर्ने निर्णय लिएको बताउने रेखालाई राप्रपा नेपाल भन्ने पार्टी अब छैन र त्यो राप्रपासँग एकीकरण भइसकेको छ भन्ने थाहा नभएकै हो त रु के दुई पार्टीको एकतापछि उनी प्रवेश गर्न लागेको पार्टीको नाम राप्रपा नेपाल नभएर राप्रपा मात्र हो भन्ने उनलाई थाहा नभएको हो रु

यो विषय देख्दा सानो देखिएता गहिराइमा गएर हेर्ने हो भने पक्कै पनि कमजोर भने छैन । पार्टीको एजेण्डा बुझेर, राजनीतिबारे गहिरो अध्ययन गरेर पार्टी प्रवेश गर्न लागेको बताउने रेखाले प्रवेश गर्न लागेको पार्टीकै नाम गलत लेखिदिँदा त्यसलाई कसरी बुझ्ने रु के त्यो भूलबस थियो त?

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top