राजपाका नेता कोही बहिस्कार त कोही सक्रिय सहभागि, विभाजको संकेत


Tuesday, 27 Jun, 2017 12:00 AM

काठमाडौं - संविधान संशोधन नभएसम्म स्थानीय तहको निर्वाचनमा भाग नलिने घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरू कोही बिरोध, बहिस्कार र भण्डाफोरमा त कोही चुनावको सक्रिय सहभागिता जुटेका छन् । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा हने स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको राजपाका केही नेता गाउँपालिका र नगरपालिकामा स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न व्यस्त छन् । केही नेता भण्डाफोर र विरोधका कार्यक्रममा संलग्न भएपछि दुई महिनाअघि गठन भएको राजपा बिभाजनको ंसंघारमा पुगेको छ ।

पार्टी एकिकरण हुनुअघिको सवैभन्दा ठूलो दल तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का तत्कालिन अध्यक्ष एवम् राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र उनी निकटका कोही नेता पनि निर्वाचनको बिरुद्धको कार्यक्रममा सहभागी छैनन् । स्थानीय तहको निर्वाचनमा भाग लिने र नलिने बिषयलाई लिएर राजपा भित्र दुई लाईन संघर्ष चलेकै थियो । पार्टी विभाजन गरेर निर्वाचनमा जाँदा मधेशी जनतामा नराम्रो छाप पर्ने भन्दै विभाजको संघारमा पुगेपनि रोकिएको राजपा तेश्रो चरणको निर्वाचन हुँदा नहुँदै फुट्ने संकेत देखिएको हो । ठाकुर निकटका नेताहरू महामन्त्री सर्वेन्द्रनाथ शुक्ला रुपन्देही, बरिष्ठउपाध्यक्ष हृदयेस त्रिपाठी नवलपरासी र महामन्त्री गुप्ता कपिलबस्तुमा स्थानीय तहमा स्वतन्त्र भएर उम्मेदवारी दिने राजपाका नेताहरूको पक्षमा भोट मागिरहेका छन् ।

महन्थ ठाकुर भने तटस्थ बसेका छन् । उनी निर्वाचन बहिस्कारको पक्षमा छैनन् र निर्वाचनमा भाग लिन पर्छ वा आफू निकटकालाई जिताउनु पर्छ भनेर लागेका छैनन् । तर राजपा अध्यक्ष मण्डलका ५ जना अध्यक्षहरू भने निर्वाचन भण्डाफोर कार्यक्रममा सक्रिय छन् । राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर निर्वाचनको पक्ष वा विपक्ष कतै पनि नखुलेको राजपाका एक नेताले बताए । ‘उहाँ पार्टी कार्यालयमा दिउँसो जानु हुन्छ र वेलुकी भक्तपुरस्थित घर फर्कनु हुन्छ’, ठाकुरका सहयोगी सत्येन्द्र मिश्र भन्छन, ‘उहाँ सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको समयमा कहीँ पनि जाने कार्यक्रम छैन ।’

तत्कालीन तमलोपाका अध्यक्ष ठाकुर भक्तपुरमै छन् भने वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी गृह जिल्ला नवलपरासीमा छन् । राजपाकै उपाध्यक्ष तथा तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल रुपन्देहीको मर्चावारमा र अर्का नेता वृजेशकुमार गुप्ता आफ्ना पुर्खाको बिरासत धान्न कपिलबस्तुमै छन् । तर राजपा अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, महिन्द्र राय यादव, अनिल झा र राजकिशोर झा भने भण्डाफोर कार्यक्रममा भाग लिन सप्तरीमा छन ् । चुनाव बहिस्कारको निणर्य गरेसँगै राजपाका नेताहरू ३ असारमा हुल बाँधेरै भैरहवा गएका थिए । चुनाव बहिस्कारको सन्देश फिँजाउन राजपाले लाठी जुलुस र सभा गर्ने योजना बनाएको थियो तर उसले लाठी जुलुस निकाल्न सकेन र सभा पनि प्रचार गरिएअनुसारको भएन ।

उम्मेदवारी दर्ताको दिन असार ४ गते उम्मेदवारी दर्ता बिथोल्ने प्रचार राजपाले गरेपनि कोही नेता–कार्यकर्ताले उम्मेदवारी बिथोलेनन् । केन्द्रीय नेता बसेको रुपन्देहीबाट १६ तहमध्ये १० स्थानीय तहमा राजपाआवद्ध नेता–कार्यकर्ताको उम्मेदवारी र्पयो । कपिलवस्तुका ४ तहमा राजपाका नेताहरूले उम्मेदवारी दिए । उम्मेदवारी दिएसँगै राजपाका नेताहरूले प्रचार गरे–उनीहरू हाम्रो पार्टीका हैनन उनीहरूलाई कारबाही हुन्छ तर त्यसो हुन सकेन । बरु राजपाका नेताहरू नै गुपचुप उम्मेदवारलाई जिताउन प्रचारमा हिँडे ।

राजपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल रूपन्देहीको दक्षिणी सीमावर्ती मर्चवार क्षेत्रमा ‘स्वतन्त्र’ उम्मेदवारलाई जिताउन लागिपरेका छन उनले पार्टीले चुनावमा नजाने निर्णय गरेका कारण आधिकारिक रुपमा चुनाव प्रचारमा सहभागी नभएको वताए ।  तर स्थानीय तहमा कार्यकर्ता चुनावमा लागेपछि सहयोग गर्न राजपाका नेतालाई वाध्यता पर्यो । उनीहरूले आफ्नो राजनीतिक भविष्य कायम राख्न रूपन्देहीको मर्चवार क्षेत्रमा कोटहीमाई, सम्मरीमाई र मर्चवारीमाई तीन गाउँपालिकामा नेता सुक्ल सक्रिय भएर लागेका छन् । रूपन्देही क्षेत्र नम्बर ६ मा पर्ने यो भूभागबाट शुक्ल सांसदमा चुनिएका हुन् ।

यी तीनवटै गाउँपालिकामा राष्ट्रिय जनता पार्टी, नेपालले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै पदमा उम्मेदवार उठाएको छ । उनीहरू स्वतन्त्र हैसियतमा रहेपनि प्यानलकै लागि भोट माग्दै हिँडेका छन ् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी पनि रुपन्देहीको मर्चवार क्षेत्रमा खटिएका छन् । चुनाव बहिस्कारको लागि सन्देश फैलाउने भन्दै नेताहरूले आफ्ना कार्यकर्ताका लागि भोट मागिरहेका छन । लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपाकै नेता (सद्भावना पार्टीका केन्द्रीय सदस्य) मनमोहन चौधरीसहित नगरका अधिकांश पदमा उम्मेदवारी दिएका छन ।

कपिलवस्तुको सदरमुकाम रहेको कपिलवस्तु नगरपालिकामा राजपाका महासचिव वृजेशकुमार गुप्ताका काका रामदास गुप्ता चुनावी मैदानमा छन् । उनलाई जिताउनकै लागि वृजेशले सदरमुकाम छाडेका छैनन । उनले चुनाव बहिस्कार गरेको पार्टीको मान्छे भएपनि काकाजीले जितिहाल्नेमा ढुक्क छन् ।

ठाकुर बाहेकका प्रमुख नेता बहिस्कार र भण्डाफोरमा राजपाको अध्यक्ष मण्डलका संयोजक ठाकुर काठमाडौंमा भए पनि सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौनामा पार्टी अध्यक्ष मण्डलका सदस्यहरू महतो, राय, भण्डारी, झा र यादव निर्वाचन भण्डाफोर कार्यक्रममा सहभागी थिए । उनीहरूले तीन–चार दिनदेखि नै सप्तरीका विभिन्न स्थानमा निर्वाचनको विरुद्धमा भण्डाफोर कार्यक्रममा सहभागिता जनाइरहेका छन् । राजपाका नेताहरूले शनिबार सप्तरीको मलेठमा भण्डाफोर कार्यक्रम गरे । त्यहाँ भने अध्यक्ष मण्डलका सदस्य महतो उपस्थित थिएनन् । उनलाई पितृशोक परेका कारण शनिबार विरोध सभामा सहभागी नभए पनि आइतबारको कार्यक्रममा भने उपस्थित भए । ‘महतोलाई पितृशोक परेपनि उहाँ माईलो छोरा भएकाले दुखमा वसिरहनु परेन’, राजपा महासचिव केशव झाले बताए ।

राजपाका नेता झाले भण्डाफोर कार्यक्रम सप्तरीमा उपलब्धीमूलक भएको भन्दै मलेठमा एमालेका नेता शम्भु प्रसाद यादव उर्फ लाली यादवसहित एक हजार बढी र कठौनामा भएको भण्डाफोर कार्यक्रममा संघीय समाजावादी फोरम परित्याग गरी चन्द्रकान्त मण्डलसहित एक हजार बढी राजपामा प्रवेश गरेको दाबी गरे । राजपाको भण्डाफोर कार्यक्रमममा पुरानो सद्भावना र राष्ट्रिय मधेस समाजवादी पार्टीका नेताहरूको बाक्लो उपस्थिति छ । तर नेपाल सद्भावना पार्टी र तमलोपाका अन्य नेताहरू भने उपस्थिति छैनन् ।

Related News

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top