६ सचिवको सरुवा , गृहसचिवमा रेग्मी,अर्थमा सुवेदी आए


Thursday, 1 Sep, 2016 9:32 AM

काठमाण्डौ– सरकारले ६ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको विहिवारको बैठकले गृहसचिवसहित ६ जना सचिवको सरुवा गर्नुको साथै एक जना सचिवको बढुवा गरेको हो । सहसचिवबाट सचिवमा  बढुवा हुनेमा पुर्णचन्द भट्टराई रहेका छन् ।

वैठकले अर्थसचिव लोकदर्शन रेग्मीलाई गृह,गृहसचिव नारायणगोपाल मलेगुलाई उपराष्ट्रपतिको कार्यालय,राजेन्द्रकिशोर क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,प्रधानमन्त्री कार्यालयमा रहेका सचिव केदार अधिकारीलाई स्थानिय विकास मन्त्रालय, स्थानियका सचिव महेन्द्र गुरुङलाई प्रधानमन्त्रीको कार्यालय र अख्तियारमा रहेका शान्तराज सुवेदीलाई अर्थसचिवमा सरुवा गरिएको छ ।

 

Related News

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top