लगौंटी लगाउन सलमानलाई लाज लाग्यो


Thursday, 26 May, 2016 12:00 AM

मुम्बई - सलमान खानले नयाँ फिल्म ‘सुल्तान’ अनुभव शेयर गर्दै भनेका छन् ‘लगौंटी लगाएर अभिनय गर्दा सार्‍है गार्‍हो भयो ।’ सुल्तानको टे्रलर लञ्चपछि आयोजित कार्यक्रममा निर्देशक अली अब्बास जफर सलमान खान र अनुष्का शर्मा सहभागी थिए । सलमानको भनाई अनुसार सुल्तान बायोपिक फिल्म हैन, पुरै काल्पनि विषय हो ।

सर्ट पाइन्ट लगाएर सुटिङ गर्दा उनलाई सजिलो लाग्छ । असली पहलमानले लगौंटी लगाएर भिडेको देखेका सलमानले पनि लगौंटी लाएर अभिनय गरे । उनलाई निकै लाज लाग्यो ।

लगौंटी लगाएर सुटिङ गरिएको स्थानमा पाँच हजार बढी दर्शक थिए । जब लगौंटी लगाएर उनी क्यामेरा अगाडि प्रस्तुत भए । सबले चिच्याए भाई भाई भन्दै हुटिङ गरे । उनले सोचे पक्कै केही गड्बड् भयो ।
दर्शक लगातार चिच्याएपछि सलमानले लुंगी बेरे र दर्शकको बिचमा गएर भने ‘प्लीज चिच्याउन बन्द गर्नुस् ।’ सलमान भन्छन् ‘मैले लगौंटीमा अभिनय गरेपछि थाह पाएँ हिरोइनले स्वीमसुट लगाएर अभिनय गर्दा कस्तो अनुभव गर्छन्’ ।

यस चलचित्रमा सलमान र अनुष्का दुबै पहलमानको भुमिका छन् । अनुश्कालाई सोधियो ‘सुटिङको क्रममा कुनै चोट लाग्यो रु’ अनुश्काले भनिन् ‘भगवानको कृपाले केहि भएन ।’

फिल्मका केहि दृष्यमा असली कुस्ती खेल्ने मान्छेसँग भिडेको भन्दै सलमानले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । सुल्तानको तीन मिनेटको टे्रलरमा सलमानले हरियाणाको शैलिमा बोलेका छन् । आफुले क्यामेरा अगाडि मात्रै हरियाणा लवज बोलेको भन्दै अनुश्काले हरियाणाको भाषा सिकेको जानकारी दिए सलमानले ।

बिचार

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा

बडाहाकिम अनुहारमा चिटचिट पसिना निकाल्दै हातमा एउटा कागज समातेर आफ्नो कार्यकक्षमा ओहोरदोहोर गरिरहेका थिए । मैले आफू आएको जानकारी गराउनासाथ उनले ‘माथिको आदेश’ भन्दै हड्बडाउँदै र दुवै हात कमाउँदै (आवा) आकाशवाणीका रूपमा प्राप्त गरेको कागजको एउटा टुक्रा मतिर बढाए । तलदेखि माथिसम्म पढेँ । धेरै कुरा केही थिएन । गृह मन्त्रालयबाट जारी गरिएको गोप्य निर्देशन रहेछ । जसमा लेखिएको थियो, ‘विशिष्ट राजनीतिक परिस्थिति सिर्जना हुन पुगेकाले उल्लिखित ६ व्यक्तिलाई तुरुन्त पक्राउ गरी हिरासतमा लिनू र यस कदमविरुद्ध कुनै व्यक्ति वा समूहद्वारा राजनीतिक क्रियाकलाप प्रदर्शन गर्न खोजे उनीहरूलाई पनि यसै आदेशका आधारमा पक्राउ गरी माथि जानकारी गराउनू ।’ पाँच जना व्यक्तिको नाममा मलाई त्यस्तो अप्ठ्यारो लागेन । तर, एक जना व्यक्तिको नामले मलाई भित्रैदेखि झकझक्यायो । मैले ती नाम दोहोर्‍याएर–तेहेर्‍याएर पढेँ । एकपटक झस्किएँ पनि, कतै आफ्नै नाम त छैन भनेर । मेरो नाम त थिएन तर मभन्दा माथिल्लो तहका प्रहरी अफिसर अर्थात् एसएसपीको नाम त्यो पक्राउ गर्नू भन्ने पुर्जामा चौथो नम्बरमा थियो । उनी नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका नातेदार थिए ।

महत्वपूर्ण वेबसाइट

Top