समीरमानसिंह बस्नेतले भने शेयरको रकम फिर्ता नहुदा गौचनको हत्या गरे


Sunday, 3 Dec, 2017 12:00 AM

काठमाडौ -निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य आरोपी समीरमानसिंह बस्नेतलाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले आरोपी बस्नेतलाई चितवनबाट पक्राउ गरी ल्याएको जानकारी दिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीले यसअघि नै गौचन हत्यामा संलग्नताको आरोपमा ५ जनालाई पक्राउ गरिसकेको छ ।

व्यवसायी गौचनलाई हत्या गर्नुको प्रमुख कारण लेनदेन रहेको प्रहरीले जानकारी दिएको छ । सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले रकम लेनदेनमा कुरा नमिलेपछि बस्नेत समूहले गौचनको हत्या गरेको बताए । प्रहरीसँगको बयानमा आरोपी बस्नेतले आफूले गौचनको निर्माण कम्पनी डाँफे कन्ष्ट्रक्शनसँग सेयर मागेको र नदिएपछि हत्या गरेको स्वीकार गरेको सीआईबी स्रोतको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार गुण्डानाइके कुमार घैंटेले २ करोडभन्दा बढी रकम व्यवसायी गौचनको निर्माण कम्पनीमा लगानी गरेको र घैंटेको इन्काउन्टरपश्चात् उक्त रकममा आफ्नो १ करोड रहेको बस्नेतले दाबी गर्दै आएका थिए । त्यसबापत सेयर वा रकम दिन बस्नेतले गौचनसँग पटकपटक माग गरेका थिए । त्यस्तै हुलाकी राजमार्गको ठेक्कामा कमिशन पनि बस्नेत समूहले नपाएको भन्दै आक्रोशित भएको थियो । त्यही कारणले नै व्यवसायी गौचनको हत्या भएको प्रहरी स्रोतको भनाइ छ ।    

आरोपी बस्नेत काठमाडौं बाफलका बासिन्दा हुन् । गौचन हत्यामा संलग्न बस्नेतसहित प्रहरीले अन्य ५ जना राजीव स्याङतान, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी, शिवजी महतो र सन्तोष गुरुङलाई समातिसकेको छ ।

अहिलेसम्म गौचन हत्यामा संलग्नमध्ये मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् ।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

राजनीतिView More..

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नि बेन सवार गाडि जयपुरमा दुर्घटना, एकको मृत्यु

वामदेवको टेकोमा वाम एकता ! ओलीले तलमाथि गरे एमाले फुटाउने तयारी

यि खलपात्र जसले कांग्रेसलाई रसातलमा लान भूमिका खेले, अनि देउवाका दश कमजोरी

उम्मेदवारी नै हापेर नवराज सिलवालको प्रचारमा उत्रिए प्रतिद्धन्द्धि उम्मेदवार

आफुलाई सम्हाल्दै बीना मगरले शुरु गरिन कञ्चनपुरमा चुनावि अभियान

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट

देशले खोज्नुपर्ने र जनताले रोज्नैपर्ने नेताहरु जो चुनावी मैदानमा छन

डोल्पामा सबै भन्दा धेरै मत खस्यो, रोल्पामा सबै भन्दा कम अरु जिल्लामा कति ? सूचीसहित

प्रशासन View More..

Top