आरोही पण्डितलाई कतार एयरवेजको प्रायोजन


Tuesday, 20 Dec, 2016 11:43 AM

काठमाण्डौ–अन्ट्राटिका महादेशको शिखर आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही संजय पण्डितलाई कतार एयरवेजले हवाई प्रायोजक गर्ने भएको छ । काठमाडौंमा एयरवेजका कन्ट्रि डाइरेक्टर जय प्रकाश नेयरले  पण्डितलाई कतार एयरवेजको झण्डा, ज्याकेट र टोपी हस्तान्तरण गर्दै उक्त घोषणा गरेका हुन ।  एयरवेजले काठमाडौंदेखि चिलीसम्मको अतिविशिष्ट (विजनेश क्लास) टिकट प्रायोजन गर्ने नेयरले बताए ।  
 
पण्डितले विश्व सर्वोच्च शिखर सगरमाथा, युरोपको एल्ब्रस, अमेरिकाको एकंन्कागुवा, अफ्रिकाको किलीमन्जारो, जापानको शिखर फुजी, प्राणघातक हिमाल भनेर चिनिने मनास्लु, छुकुङ्ग्री, आइल्याण्ड पिक, नागार्जुन पिकको सफल आरोहण गरिसकेका छन् ।
 

 

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top