शरदकुमार गौचन हत्या प्रकरण को हुन ? फरार अभियुक्त


Tuesday, 14 Nov, 2017 12:00 AM

काठमाडौं -नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या फिरौती नदिएकै कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । हत्या अनुसन्धानका लागि बनेको प्रहरी कार्यदलले एक महिना पछि मंगलबार पत्रकार सम्मेलन मार्फत् गौचन हत्या फिरौतीकै लागि भएको जानकारी दिएको हो। प्रहरीले हत्यामा संलग्न सुटरसहित पाँच जना अभियुक्तलाई पक्राउ गरेको छ भने मुख्य योजनाकार सहित आठ जना फरार छन्।

प्रहरीले हत्याको मुख्य योजनाकार बाफलका समिरमान सिंह बस्नेत रहेको जनाएको छ। सिंहलाई रुपन्देहीका मनोज पुनले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। शान्तिनगरस्थित ओमशान्ति चोकबाट नयाँ बानेश्वर जानेक्रममा गत असोज २३ गते अज्ञात समूहबाट गोली हानी गौचनको हत्या गरिएको थियो।

अनुसन्धान कार्यदलका प्रमुख डीआइजी गणेश केसीले पक्राउ पर्नेमा नुवाकोटका राजीव स्याङ्तान, पर्सा कालिकामाइका शिवजी महतो, भारत विहारका मुकेश कुमार पाण्डे, पर्सा ठोरीका सन्तोष गुरुङ, सीतापाईलाका प्रकाश बुढाथोकी रहेको जानकारी दिए । उनले स्याङ्तान ‘सुटर’ रहेको र उनैले गौचनमाथी गोली प्रहार गरेको बताए। उनले महतो र पाण्डेले हतियार र मोटरसाइकलको व्यवस्था गरेका थिए।

डीआइजी केसीले गौचनको हत्या फिरौती नदिएकै कारण गरिएको जानकारी दिए। कार्यदलले गौचन हत्याको मुख्य योजनाकारको रुपमा बाफलका गुन्डा नाइके समिरमान सिंह बस्नेतलाई औंल्याएको छ। बस्नेतसँगै मनोज पुन, लोप्साङ लामा, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन्। डीआइजी केसीका अनुसार गुम्बेलाई घटनामा पक्राउ परेकाले बोका भनेर मात्रै चिन्दै आएका थिए। खुम्बे र राना नेपाली सेनाका भगौडा सिंपाही हुन्।

‘घटनामा सुटरलाई प्रयोग गर्न दुई वटा मोटरसाइकल प्रयोग भएका थिए। प्रयोग भएको बा ३५ प २४६१ नम्बरको साइन मोटरसाइकल समेत भारतबाट चोरी गरी नेपाल ल्याएर नेपाली नम्बर टाँसेर चलाएको रहस्य खुलेको छ। डीआईजी केसीका अनुसार बस्नेत र पुनले लोप्साङलाई परिचालित गरेर पक्राउ अभियुक्तलाई सञ्चालित गरेका थिए।

गौचनमाथि प्रहार भएको गोली दुई वटा पेस्तोलबाट प्रहार भएको प्रहरीको फोरेस्सिक ल्याबबाट पुष्टी भएको छ। हतियारको व्यवस्थापन गर्ने महतोले भारतको बेतियाबाट नेपाली ५५ हजार रुपैयाँमा खरिद गरी ६५ हजारमा श्याम गुम्बे गुरुङलाई बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Related News

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top