शक्ति वस्नेतको जिल्लामा विप्लव माओवादी माओवादी केन्द्रमा विलय

जनताको अपार माया कहिले भुल्ने छैन :- वस्नेत


Tuesday, 14 Nov, 2017 12:00 AM

जाजरकोट– विप्लव माओवादीका कार्यकर्ता मध्यपश्चिका विभिन्न जिल्लामा चुनाव भाड्ने गतिविधी गरिरहेका छन् । तर,जाजरकोटमा भने विप्लव माओवादीको नेतृत्व नै माओवादी केन्द्रमा विलिय भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जाजरकोट जिल्ला सचिव  अमर वली (अमृत )माओवादी केन्द्रमा प्रबेश गरेका छन ।

त्रिबेणी नलगाड नगरपालिका वडा न ७ जाजरकोटमा आयोजीत चुनाबी कार्यक्रममा बुधवार ओलिले माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।  ओलीले आफ्नो समर्थन वामगठवन्धनलाई रहने प्रतिबद्धता सहित पार्टी प्रवेश गरेका हुन ।ओली अहिले  बामगठबन्धन को चुनाबी प्रचारमा खटिरहेका छन् । ‘बामपन्थीको एकता बिना परिर्वतन सम्भव छैन्, जाजरकोटको विकासको लागी पनि वामपन्थी जित्न आवश्यक छ ।’ पार्टी प्रवेश कार्यक्रममा ओलीले भने ।

जाजरकोटी जनताको अपार माया पाएका नेता वस्नेत चुनाव जित्नेमा ढुक्क छन । माओवादी केन्द्रका नेता वस्नेतले जाजरकोटी जनताको यो अपार माया म कहिले नभुल्ने बताएका छन । देशको नेतृत्वदायी भुमिकामा बसेर यो क्षेत्रको विकासको लागी मैले कुनै कसुर बाकि राख्ने छैन् । यो मेरो प्रतिवद्धता हो उनले भने ।

वस्नेतले आफु नेतृत्वमा हुदा गरेका कामहरुको पनि जनतालाई जानकारी गराएका छन । राकम पुलको बजेट ब्यवस्था गरि शिघ्र काम सम्पन्न गर्नको लागी बिशेष पहल , नलगाड जलबिद्युत आयोजनाको सम्भाब्यता अध्ययन गराई रास्ट्रिय गौरबको योजनामा पार्न सफल, सल्ली हुदै खलंगासम्म बजेटको ब्यवस्था गरि सडक पिच गरेको उनले बताए ।

त्यसैगरि जाजरकोट हुदै डोल्पा सम्म सडक जोड्नको लागी बजेटको ब्यवस्था गरि तिब्र रुपमा कार्य हुदै गरेको जाजरकोट खलंगा हुदै जुम्लालाई सडक सजालमा जोड्नको लागी बजेटको ब्यवस्था गरि निर्माण कार्य हुदै गरेको तथा  छिन्चु–जुनि हुदै जुम्ला सम्म सडक सजाल जोड्नको लागी पहिले १ करोड र हाल २० करोडको ब्यवस्था आफ्नै पहलमा भएको उनले बताएकाछन ।

जाजरकोटमा महामारी फैलिएको बेला औषधि र डाक्टरको ब्यवस्था गरि तत्काल गाउ बस्तिमा र्पुयाई घुम्ती शिविर सचालन गरेको ,  दशेरा, दल्लि र दह खोलामा स्वास्थ्य सेवालाई सचालनमा ल्याएको र  दशेराको क्याम्पस सचालनमा ल्याएको पनि उनले मतदातालाई जानकारी गराएका छन ।

उनले मध्य पहाडी राजमार्गलाई जाजरकोट हुदै दैलेख जोड्ने कार्य ,  नर्मरा–लुहादह–कोर्ताङ हुदै जुनि सम्मको सडको लागी बजेटको ब्यवस्था गरेको तथा  जाजरकोट जिल्ला भर उच्च माबि र क्याम्पस सचालनको पहल गरेको पनि बताएका छन । त्यसैगरि जाजरकोटमा प्राबिधिक शिक्षालयहरुको शुरुवात गरेको, केन्द्रीय विद्युत लाईन जाजरकोटमा जोडिएका तथा कृषि सम्बन्धी पकेट क्षेत्र निर्धारण गरि बजेटको ब्यबस्था आफ्नै पहल भएको वस्नेतले बताएका छन ।

Related News

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top