जाजरकोटमा पूर्वगृहमन्त्री बस्नेतलाई राहत, वागी उम्मेद्वारले लिए नाम फिर्ता


Tuesday, 24 Oct, 2017 12:00 AM

काठमाडौं– जाजरकोटमा माओवादी केन्द्रका वरिष्ट नेता एवंम् पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतविरुद्ध वागी उम्मेदवारी दिने एमाले नेता गोविन्द्र विक्रम शाहले उम्मेवारी फिर्ता लिने भएका छन् । राप्रपाबाट एमालेमा प्रवेश गरेका नेता शाहले पार्टी केन्द्रको निर्देशनपछि उम्मेदवारी फिर्ता लिने भएका हुन । उनले वस्नेतविरुद्ध जाजरकोटमा वागी उम्मेदवारी दिएका थिए ।

एमाले र माओवादी केन्द्रको बाम गठवन्धनले केन्द्रमा वस्नेतलाई र प्रदेशमा एक–एक सिट बांडफांड गर्ने सहमती भएपनि एमालेका उम्मेदवारले केन्द्र र प्रदेश दुवैमा वागी उम्मेदवारी दिएका थिए ।  

पुर्व गृहमन्त्री समेत रहेका माओवादी नेता वस्नेतसंगको छलफलपछि शाह उम्मेदवारी फिर्ता लिन तयार भएका हुन । उनले पार्टी केन्द्रको निर्देशनलाई आफुले मानेर जाने बताएका छन् ।

जाजरकोट माओवादी केन्द्रका नेता अमरसिंह राठौरले एमाले नेता शाह उम्मेद्धवारी फिर्ता लिन सहमत भएको जानकारी दिए । ‘ हाम्रो उहासंग छलफल भएको थियो, उहाले पार्टीको निर्देशनबमोजिम आफुले उम्मेदवारी फिर्ता लिने भन्नुभएको छ ।’ राठौरले  भने ।

नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले बाम गठबन्धनविरुद्ध वागी उम्मेदारी दिने नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएको थियो । पार्टीको निर्देशनपछि वागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने क्रम सुरु भएको छ ।
आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वानका लागि मनोनयन दर्ताका क्रममा एमाले, माओवादीका कतिपय नेता, कार्यकर्ता वाम गठबन्धनका उम्मेदवारविरुद्ध वागी उम्मेदवार बनेपछि दुबै दलले कडा कारवाहीको चेतावनी दिएका हुन्।

Related News

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top