सुटुक्क आए सुटुक्क जांदैछन, दाङमा थिती बसाएर


Friday, 21 Jul, 2017 12:00 AM

गोविन्द खड्का
तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठका हत्यामा संलग्न भनिएकाहरु असार २७ सम्म धेरै प्रहरी नियन्त्रणमा परे । केहीबाहेक मुख्य योजनाकार पक्राउ गर्न प्रहरी सफल भयो । त्यसलाई आम नागरिकले चमत्कार भनेका छन् । सुन्ने जतिबाट प्रहरीले वाहवाही पाएको छ ।

‘यति सफल प्रहरीलाई पटकपटक असफल बनाउने प्रयास गरिन्छ । प्रहरी फेल बनाउनेहरु अपराधी बचाउनमै लाग्छन् । तिनलाई ठीक पार्ने उपाए पनि प्रहरीले पत्ता लगाए समाज साँच्चै शान्त हुन्छ होला, होइन रु’ भनेर तुलसीपुरमा प्रहरीको पत्रकार सम्मेलन चलिरहँदा फेसबुक स्टाटसमार्फत सोधेको थिएँ । यो प्रश्न प्रहरी वा फेसबुक पेजका साथीलाई मात्रै होइन, म आफैँलाई पनि थियो ।

गाँजा भाङ खाएर लट्ठ परेकाहरुले केही न केही अपराध गरेका हुन्छन् । तिनलाई पुलिसले समात्यो कि छुटाउन नै हतार हुन्छ । आफ्नो मतको पकड बनाउन आतुर नेताहरु त्यसलाई अवसरका रुपमा लिन्छन् । त्यहाँ दुईथरी मौका मिल्छ, पहिलो कुरा निकालेको भनेर फुर्ति लाउन पाइन्छ । मैले तिम्रो काम गरेर गुण लगाएको छु भन्ने हो । त्यसैलाई भजाएर चुनाव जित्ने गरिन्छ ।

दोस्रो फाइदा अच्छासँग खानपीन हुन्छ । मुखले मागेकै खान पिउन पाइन्छ । जो दिनभरि बजारमा हल्लिएको नेताको घरमा सम्भव छैन । त्यसै गरेर केहीको गुजारा चलेको छ । निदभोक टरेको पाइन्छ । व्यक्तिगत जीवन जिउनका लागि पनि त्यस्ता घटना कुरेरै बस्ने गरेको भेटिएको छ । उनीहरु प्रहरी र अदालत वरपर नियमित धाउने गरेका छन् । 

अझ गजब कुरा सजिलो दलाली चलेको छ । सर्टरभाडा लिई कुनै बोर्ड टंगाएर विदेश मान्छे पठाउनुपर्दैन । यत्रो मुद्दा छ, भित्र खोज्या छन् भनेपछि जति पनि झर्छ । अवैध लागूऔषध वा हत्या, हिंसाका घटनामा बढी लाभ हुन्छ । एउटै मुद्दाबाट लाखौं रकम असुल्न सकिने सजिलो छ । त्योभित्र कसलाई, कति रुपैयाँ दियो भन्ने खुल्दैन । निर्णायक तहको व्यक्तिसम्म पुगेको थाहा हुँदैन । तर पीडक पक्षका आफन्त मागेजति पैसा दिन तयार हुन्छन् । त्यसबाट कमाउने उपाय आउँछ । यसरी ठूलो मान्छे बन्ने र पैसा पनि हुने भएपछि प्रहरीमा धाउन थाल्छन् । अनेकौं उपाय खोजेर अपराधी छुटाउने र त्यसबाट व्यक्तिगत लाभ उठाउने गरिन्छ ।

लोभलालच केही प्रहरीमा पनि देखिन्छ । उच्च ओहदाका प्रहरी अधिकारीहरु पद वा पैसामा प्रभावित भएर धेरै नागरिकले दुःख पाएका छन् । प्रहरी कार्यालयभित्रै महत्वपूर्ण कागजात गायब बनाई मुद्दा फितलो पारिन्छ । अझ घटनाको सुरुवातदेखि नै प्रहरी मुचुल्का, केश फारम जस्ता कुरामा समेत लेनदेन चलिसकेको हुन्छ । पत्रपत्रिकामा सार्वजनिक भएको घटनासमेत निकै कमजोर बनाएका तथ्य हामीसँग छन् । अपराधीसँगै बसेर खानपिन गर्ने, उठबस र नियमित सम्पर्कमा रहने तर फरारको सूचीमा दाखिला गरेका घटनासम्म छन् । यस्ता तथ्यले प्रहरी संगठनलाई असफल बनाउने प्रयत्न गरेको हुन्छ । बेलाबखतमा प्रहरी अधिकारी विवादमा तानिन्छन् । तुलसीपुरका व्यवसायी हेमराज धिताललगायत केही उदाहरणमा प्रहरीको शंका लाग्छ । अहिलेसम्म त्यो कुरा पुष्टि गर्न नसक्नु, अपराधी नभेटिनु प्रहरी अनुसन्धान कमजोर अक्षम भएर होइन । चाहेमा नेपाल प्रहरीले कुनै पनि अपराध पत्ता लगाउन सक्छ । त्यसबेलाका अनुसन्धान अधिकारीमा धेरै कोणबाट शंका गर्न सकिने प्रशस्त ठाउँ छन् ।

दाङको प्रहरी प्रमुख भएर एसपी धीरजप्रताप सिंह आएदेखि नै यहाँको सामाजिक वातावरणमा हलचल आएको छ । सुखद कुरा त के भएको छ भने दाङमै कार्यरत रहँदा एसपी सिंह एसएसपीमा बढुवा भएका छन् । उनी एक तह बढुवा हुनु उनको जागीरे जीवनका लागि ठूलो करियर हुनसक्छ, त्योभन्दा महत्वपूर्ण सिंहले दाङमा शान्ति सुरक्षाको जग बसाइदिएका छन् ।

डन बनेर लठारिनेहरु धेरै तह लागिसकेका छन् । केही घरमै पुनःस्थापित भएका छन् । धेरै युवाको मुखबाट सुनिन्छ । निकै कडा छन् । यसअघिका सबै कमजोर भन्न खोजेको होइन, केही फरक पाएका छन् । जसको प्रमाण गुन्डागर्दीका घटनाहरु न्यून भएका छन् । यो जिल्लामा ठेकेदारका गुण्डाले समेत पुलिसलाई तह लगाएका तथ्य छन् । तर अहिले त्यो अवस्था शून्य भएको छ । कतिपय एसपी रहँदा लाजलाग्दो प्रशासन थियो । कतिसम्म भने बाटोमा भेटिएका प्रहरीका तल्ला अधिकारी तथा जवानले कुरा लगाउँथे । यसपटक कुनै पनि प्रहरीले सिंहको विरुद्ध कुरा लगाएका छैनन् । नाम नखुलाउने शर्तमा गुनासो पोख्न आएनन् । त्यससँगै कार्यक्रममा जाने, शान देखाउने, कतै भाषणै गरिहाल्ने, प्रमुख जिल्ला अधिकारीको पुच्छर समातिरहने जस्ता अन्य एसपीहरुको प्रवृत्ति सिंहले देखाएनन् ।

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top