आईजीपी निरीह बनेपछि एसपी मीराको सरुवा रोकियो


Wednesday, 2 Aug, 2017 12:00 AM

काठमाडौं - गृहमन्त्री जनार्दन शर्मा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले अडान लिन नसक्दा चर्को दबाबमा परी एसपी मीरा चौधरीको सरुवा रोकिएको छ । मंगलबार निकालिएको सरुवा सूचीअनुसार एसपी चौधरीको सरुवा धनुषामा गरिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबका कारण चौधरीको सरुवा रोकिएको प्रहरी मुख्यालयको उच्च स्रोतले बताएको छ । अब धनुषाको एसपीमा लालमणि आचार्य नै यथावत् रहेका छन् ।

मंगलबार प्रहरी मुख्यालयको आतंकवाद नियन्त्रण महाशाखामा सरुवा भएका एसपी आचार्यलाई प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाका डीएसपी रेवती ढकालले टेलिफोनमार्फत सरुवा रोकिएकोले अहिले त्यहीँ बसिराख्न आदेश भएको जानकारी गराइसकेको स्रोतको दाबी छ ।

नेपाल प्रहरीको प्रहरी उपरीक्षकहरुको सरुवा भएको २४ घण्टा नपुग्दै सरुवा संशोधनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्याललाई चर्को दबाव दिएको खुलासा भएको हो । प्रहरी मुख्यालयले मंगलबार प्रकाशन गरेको सरुवा सुचीमा दुई महिला एसपीलाई चुनौतीपूर्ण जिल्लामा सरुवा गरेको थियो । मुख्यालयले दाङको प्रहरी प्रमुखमा दुर्गा सिंह चन्द र अति संवेदनशील जिल्ला मानिने धनुषाको प्रहरी प्रमुखमा मीरा चौधरीको सरुवा गरेको थियो । 

अन्य जिल्लाको सरुवामा चित्त बुझाए पनि धनुषामा अत्यन्तै कडा स्वभावकी मीरा चौधरीलाई पठाइएपछि उनको सरुवा संशोधन गरेर हाल कार्यरत एसपी लालमणि आचार्यलाई नै निरन्तरता दिन र मीरा चौधरीलाई सकेसम्म सीआईबीमा राख्न र जिल्ला नै दिनुपर्ने भए बर्दियाको प्रहरी प्रमुखमा पठाउन प्रधानमन्त्री देउवाले दबाव दिएको उच्च स्रोतको दाबी छ । 

धनुषा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिको गृहजिल्ला हो । गृहमन्त्री हुँदा आफैँले रोजेर पठाएका आचार्यलाई फिर्ता बोलाएर कडा स्वाभावकी चौधरीलाई धनुषा पठाइएपछि निधिले प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्मासँग चर्को असन्तुष्टि पोखेको स्रोत बताउँछ । निधिले आफू गृहमन्त्री हुँदा तत्कालीन एसपी रामदत्त जोशीलाई फिर्ता बोलाएर आफू निकटका लालमणि आचार्यलाई धनुषाको प्रमुखमा सरुवा गरेका थिए । 

Related News

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top