ट्राई म्याराथनको उपाधि आर्मी क्लबलाई


Friday, 8 Jul, 2016 7:50 AM

काठमाण्डौ- तेस्रो राष्ट्रिय ट्राई म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबको ए टोलीले जितेको छ । शुत्रबार धादिङमा भएको ट्राई म्याराथनमा नेपाल आर्मीको ए टोलीले प्रथम स्थान हासिल गर्दा आर्मीकै टोली डि र टोली बी क्रमश दोस्रो र तेस्रो भए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ प्रथम हुँदै एक लाख पुरस्कार प्राप्त गयो । त्यसैगरी दोस्रो र तेस्रो हुने टिमहरु क्रमशः नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टोली ‘डि’ र टोली ‘बी’ ले क्रमशः ७५ हजार र ५० हजार प्राप्त गरे ।
विजेतालाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

उक्त प्रतियोगितामा रनिङ, साईक्लिङ र ¥याफ्टिङ खेल समावेश गरी सञ्चालन गरिएको थियो भने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट चार टोली, सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट एक टोली र गैर सैनिकको तर्फबाट चार टोली सहभागी थिए ।
प्रतियोगिताको प्रथम चरणमा ६.८ कि.मि.दौड, दोस्रो चरणमा २६.५ कि.मि. साईक्लिङ र तेस्रो चरणमा १० किमी याफ्टिङ गरी जम्मा दुरी ४३.३ किमि रहेको थियो ।

विश्व खेल जगतमा दिन प्रतिदिन नयाँनयाँ साहसिक एवम् रोमाञ्चक खेलप्रति खेल प्रेमीको आर्कषण बढ्दै गएको परिपेक्षमा नेपालको विविधताले भरिपूर्ण भुधरातलको अधिकत्म उपयोग गरी विभिन्न मनोरञ्जनात्मक तथा साहसिक खेलहरु सञ्चालन गर्ने क्रममा उक्त प्रतियोगिता आयोजना गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
रासस

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top