ठमेलमा एसएसपी जोसीको स्टिङ अप्रेशन एक रेष्टुरेण्टबाटै २२ जना पक्राउ


Tuesday, 11 Jul, 2017 12:00 AM

काठमाडौं-  ठमेलका डान्सबार र डिस्कोमाथि प्रहरीले निगरानी बढाएको छ । सामाजिक विकृतिका विषयमा गोप्य रूपमा अनुसन्धान गर्न महानगरीय प्रहरी परिषर काठमाडौंले निगरानी बढाएको हो । अश्लिल नृत्य, व्यापारको नाममा धन्दा, लुटपाट, ओभर बिलिङजस्ता बिकृति ठमेलमा बढेको गुनासो प्रहरीकोमा पुगेपछि परिषरका एसएसपी (प्रहरी बरिष्ठ उपरिक्षक) छबिलाल जोशी शनिवार स्थलगत निरक्षणमा निस्केका थिए ।

दरबारमार्गस्थित डेजाबु डिस्कोको निरक्षण पश्चात ठमेल पुगेका एसएसपी जोशीको टोलीलाई नरसिंङचोकस्थित टकिला डान्स रेष्टुरेन्ट बाहिर उभिएका दलालले रेष्टुरेन्टमा गए सबथोक पाईने भन्दै डान्स हेर्न जान अनुरोध गरे । दलालको करकाप पश्चात बार छिरेका एसएसपी जोशीको टोलीलाई अश्लिल अवस्थामा रहेका बारका युवतीले घेर्दै बस्न आग्रह गरेका थिए । जबरजस्ती बाटो हिँड्ने बटुवादेखि बिदेशी पर्यटक र व्यापारीलाई रेष्टुरेण्टमा बोलाएर लुट्ने गरेको लिखित र मौखिक उजुरी प्रहरीमा आएको थियो । निरक्षण गर्न एसएसपी जोशी स्वयम ठमेल छिरेका थिए । रेष्टुरेण्टमा दायाँबायाँ युवती बस्न लगाउने र ग्राहकले अर्डर नगरी ति युवतीले आफू खुशी मगाएर खाने र बिलको भुक्तानी भने ग्राहकलाई गर्न लगाउँदै आएका छन् ।

यतिमात्र नभई बिदेशी पर्यटक बिषेश गरी भारतीय मूलका नागरीकलाई होटलमा युवती पठाईदिन्छांै भन्दै देहव्यापारका लागि युवतीको मोलमोलाईसम्म डान्सबार डिस्कोमा हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । ठमेल र दरबारमार्ग क्षेत्रमा खोलिएका अधिकांस डिस्को थेकमा भेटिने युवतीहरु यौनकर्मी भएको प्रहरी स्रोत बताउँछ । ति युवतीहरु हेर्दा राम्रै घर परिवारको जस्ता देखिए पनि डिस्कोका सञ्चालकहरुले ग्राहक लोभ्याउन सजाईएका यौनकर्मी हुन । यस्ता यौनकर्मीलाई डिस्कोका सञ्चालकहरुले तलब र खानपान सुबिधा समेत दिदै आएका छन् । यस्ता किसिमको गतिबिधीमा समेत काठमाडौं परिषरले बिषेश निगरानी राखेको छ ।

 

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top