सुन तस्करसँग आईजीपीको साँठगाँठ !


Tuesday, 14 Nov, 2017 12:00 AM

काठमाडौं -देशका ठूला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् । एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भूषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिइएको हो । स्रोतका अनुसार दुबईबाट नेपाल फर्कने क्रममा उनी गतसाता पक्राउ परेका थिए । तर हल्ला नगरी उनलाई अदालत पेश गरियो । उनी भोलिपल्टै सामान्य धरौटीमा छुटे ।

भूषालले प्रहरी नेतृत्वदेखि अदालतसम्म सेटिङ मिलाएर त्यसरी उन्मुक्ति पाएका हुन् । सबैसँग कुरा मिलेपछि उनी नेपाल आएका थिए । सीआईबीले गरेको अनुसन्धानमा साढे ३३ किलो सुन तस्करीका प्रमुख नाइके नै उनै भूषाल हुन् । तस्करीमा भरियाको रुपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाही  जेलमा छन् । सीआईबीले लगत्तै एयरपोर्ट भन्सारका कर्मचारीहरु श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यस्तै तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्कीसमेत पक्राउ परेका थिए । तस्करीमा सहयोग गर्ने एसएसपी श्याम खत्रीलगायतले पनि अदालतबाट उन्मुक्ति पाइसकेका छन् ।  

मुख्य एजेन्ट कार्कीले उनै भूषालको निर्देशनमा उत्तरढोकास्थित दरबार दोहोरीसाँझबाट विभिन्न सुन पसलहरुमा त्यसरी तस्करीको सुन बिक्री गर्दै आएका थिए । तस्करी गरेर भित्र्याउँदा एक किलो सुनमा ८ लाख रुपैयाँसम्म नाफा कमाउने गरेका थिए । एकै पटकमा करिब ३० किलो सुन उनीहरुले विमानस्थलबाट भित्र्याउने गरेका थिए ।  विगत २ वर्षदेखि सयौं किलो सुन तस्करी गरेका थिए । त्यसबाट अरबौं पैसा कमाएको र भूषालले त्यही पैसाबाट अहिले सबैतिर चलखेल गरेको स्रोत बताउँछ ।
दृष्टिबाट

Related News

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top