यि हुन आयकर र भ्याट नतिर्ने २७ ठूला व्यापारी


Friday, 17 Nov, 2017 12:00 AM

काठमाडौं  -आन्तरिक राजस्व विभागले २७ ठूला व्यवसायिले ठूलो परिमाणमा आयकर नतिरको भन्दै १५ दिनभित्र कर दाखिला गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । सुचीमा सञ्जय गोल्छा, सुधिर बस्नेत, अजय मुडभरी, सुमन सुवेदी, दीपमणि राजभण्डारी, सञ्जिवराज राजभण्डारी लगायत छन ।

मूल्य अभिवृद्धि कर र आयकर नतिरेको भन्दै आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गरेको हो । न्यू टेरिक नेपाल नेपालमा विक्री हुने डेल कम्प्युटरको आधिकारिक विक्रेता हो । लामो समयदेखि आयकर तिर्न ताकेता गर्दै आएको भएपनि अटेर गरेको भन्दै विभागले सूचना प्रकाशित गरी कर तिर्न भनेको हो । करदाता कार्यालयमा कर दाखिला नगरेको पाइएकाले सार्वजनिक सूचना नै प्रकाशित गर्नुपर्ने अवस्था आइलागेको विभागको भनाइ छ ।

प्रकाशित सूचनामा सुधिर बस्नेतको अग्नि एयर, कोहिनुर हिल, हाउजिङ, ओरियन्टल विल्डर्सले कर नतिरेको उल्लेख छ । आयकर नतिर्नेमा शुभ श्री पशुपति टे«डर्सका ज्ञानेश्वर सिंह, डेविडेयाग ड्रेगर्डस सिडब्ल्यूई ज्वाइट भेन्चरका लोथर अल्र्फड रयूकले पनि आयकर तिरेका छैनन् । सो कम्पनी नेपालको पीश्चम सेती जलविद्युत् आयोजना निर्माणका लागि भन्दै आएको चिनियाँ कम्पनी हो ।

एभरेस्ट पोलिमर्स प्रालिका विकासकुमार कोठारी, अल्सटम पावर जेनेरेशन एजीका जिर्राड बुनेल, मुडभरी एण्ड जोशी ज्वाइन्ट भेन्चर अजयकुमार मुडभरीले पनि आयकर तिरेका छैनन् । मुडभरी एण्ड जोशी ज्वाइन्ट भेन्चरले त्रिशुली काठमाडौँ प्रसारण लाइन निर्माणको ठेक्का लिएको छ । यस्तै अन्य जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा समेत सो कम्पनी संलग्न छ ।

इको हाउजिङ एण्ड रियालिटी प्रालिका ज्ञानसुन्दर ब्रजाचार्य, पृथ्वी जयसाईराम जेभीका केशबबहादुर दाहाल, नेकोन एयरका दीपमणि राजभण्डारी, विनायक इन्टरप्राइजेजका रामप्रसाद कोइराला मर्कण्टायल अफिस सिस्टमका संञ्जिवराज राजभण्डारी, पाकिस्तान इन्टरनेशन एयरलाइन्सका सामुन अली, पवनपुत्र इन्डस्ट्रिजका पवनकुमार लोहिया, नोयल जिएमविएचका डेबेस मण्डल, कर्पोरेटिभा मुराटोरी एण्ड सिमनिस्ट रेभेना इटालीले मूल्यअभिवृद्धिकर तिरेको छैन भने अरुले आयकर तिरेका छैनन् ।

विभागकाअनुसार एभरेस्ट भिनायल प्रालिका विकास कठोरी, दक्षिणकाली इन्कर्पोरेट प्राििलका नविन जोशी, नेपाल टोवाको कम्पनीका प्रकाशचन्द्र सक्सेना, एमआर पप्पु जेभी सुमित रौनियार, भवतु सभ्य मंगलम् प्रालिका सुनिल अग्रवाल, सिआईसिओ तुँदी जेभीका सुमन सुवेदी, इसिआई कन्काई जेभीका राजप्रसाद मैनाली, पेट्रोलीमेक्स नेपाल प्रालिका प्रदिपशम्सेर जवराले मूल्य अभिवृद्धि कर तिरेका छैनन् ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top