नेपालका हिम शिखरको प्रोफाइल बनाइँदैँ

नेपालको पर्वतीय पर्यटकीय पहिचानलाई विश्वसामु


Thursday, 24 Sep, 2015 10:58 AM

नेपालको पर्वतीय पर्यटकीय पहिचानलाई विश्वसामु परिचित गराउन सर्वोच्च शिखर सगरमाथा सहितका हिम शिखरको विस्तृत विवरण (प्र्रोफाइल) निर्माण गरिने भएको छ ।     नेपालमा पहिलो पटक सरकारीस्तरबाटै पर्वतारोहणका लागि खोलिएका ३६२ र पर्वतारोहणका लागि खुला गर्न सम्भाव्य भनी पहिचान गरिएका १६५ हिम शिखरको सम्पूर्ण विवरण संलग्न भएको फोटोसहितको प्रोफाइल निर्माण गर्न लागिएको हो ।
हिम शिखरहरूको प्रोफाइल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७० पुस १७ गते पर्यटन सचिवको संयोजकत्वमा मुख्य समिति गठन गरेको थियो । त्यसैगरी नेपाल पर्वतारोहण सङ्घका अध्यक्षको संयोजकत्वमा उपसमिति र सिमाविद् बुद्धीनारायण श्रेष्ठको संयोजकत्वमा हिमाली पर्यटनसँग सम्बन्धित विशेषज्ञ सहितको प्राविधिक समिति गठन गरेको थियो । उपसमितिले नापी विभागका पूर्व महानिर्देशक बुद्धीनारायण श्रेष्ठको संयोजकत्वमा छ सदस्य भएको कार्यसमूह गठन गरी २०७१ वैशाखदेखि कार्य प्रारम्भ गरेको छ । उपसमितिले आधारभूत सहयोगी सामग्री सङ्कलन गरी हालसम्म ११५ सीट नक्सा टोपोग्राफिकल म्यापको भिक्टोर डेटाको आधारमा काम अघि बढाएको जनाएको छ ।
विश्वका पर्यटकहरूलाई नेपालका हिम शिखरबारे सबैखाले जानकारी उपलब्ध गराउन पहिलो पटक विस्तृत प्रोफाइल बनाउन लागिएको छ । पाँच हजार मिटरभन्दा अग्ला हिमालको प्रोफाइल तस्विर र तथ्याङ्कसहितको विवरण नेपाली, अङ्ग्रजी र स्थानीय भाषामा राखिनेछ ।
प्रोफाइलमा कुन हिमाल कति दुरीमा रहेको छ, त्यहाँ जान के कति समय लाग्छ, सम्बन्धित हिमाल आरोहणका लागि लाग्ने स्वदेशी तथा विदेशी आरोहण शूल्क (सलामी दस्तुर), वैकल्पिक मार्ग, ती हिमालको उचाई दुरी अहिलेसम्म कतिले आरोहण गरे, आरोहण गर्नेक्रममा कति दिवङ्गत भए तिनको सम्पूर्ण विवरण राखिनेछ ।
त्यसैगरी कुन हिमाल नेपाल–चीन सिमानामा पर्छकी नेपाल–भारतको सिमानामा पर्छ, कुन हिमाल कुन क्षेत्रबाट कति दुरीमा खिचिएको छ, भौगोलिक अवस्थितिसहितको विवरण राखिनेछ ।
नेपालको पर्वतीय पर्यटन, साहसिक पर्यटन र ट्रेकिङ्ग पर्यटनलाई प्रवद्र्धन गर्न हिम शिखर प्रोफाइलले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ प्रोफाइल निर्माण समितिका प्राविधिक संयोजक बुद्धिनारायण श्रेष्ठ ।     उहाँले नेपालमा पर्यटकीय प्रवद्र्धन र साहसिक पर्यटन प्रवद्र्धन गर्न तथा नेपाली हिमालबारे विश्वका पर्यटकलाई तथ्यपरक जानकारी प्रवाह गर्न उपयोगी हुने बताउनुभयो । हिमशिखरको प्रोफाइल निर्माणले नेपालका हिम शिखरको सम्पूर्ण विवरण अनलाइन इन्टरनेटमार्फत विश्वमा सहजै जानकारी पाउन सकिने भएकाले नेपालको विश्वमा पहिचान र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ ।
यसअघि नेपाल पर्वतारोहण सङ्घले २१ वटा हिमालको संक्षिप्त विवरण समेटिएको प्रोफाइल बनाएको थियो । विश्वका १४ वटा अग्ला हिमालमध्ये नेपालमा मात्रै आठवटा हिमाल छन् भने नेपालमा १९ भन्दा बढी पर्वत श्रीङ्खला रहेका छन् ।     ‘अनलाईन इन्टरनेटमार्फत विश्व पर्यटकलाई नेपालका हिमालहरूकोे जानकारी गराई आकर्षण गर्न तथा अतिरिक्त शुद्ध (भर्जिन) शिखरको खुलागर्न मन्त्रालयलाई सहयोग पुग्छ । यसले विश्वमा नेपालको नाम र पहिचानलाई अझ बढाउन मद्दत पुग्नुको साथै सरकारी राजश्व वृद्धिमा सहयोग पुग्नेछ,’ संयोजक श्रेष्ठले भन्नुभयो ।

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top