वामदेवको टेकोमा वाम एकता ! ओलीले तलमाथि गरे एमाले फुटाउने तयारी


Tuesday, 6 Feb, 2018 12:00 AM

काठमाडौं -नेकपा एमालेका केही नेता र अध्यक्ष केपी शर्मा ओली निकटकाहरूले सामाजिक सञ्जालदेखि एसएमएससम्ममा यसै साता एउटा तुरूप फ्याँके– एकतापछिको अध्यक्ष इश्वर पोखरेल बन्दैछन् । आधा दर्जन बढि वरिष्ठ नेताहरूको काँध थापेकोे एमालेभित्र मात्र होइन, माओवादी केन्द्र भित्र पनि यस विषयमा ठूलो बहस भयो । यो तुरूप पार्टी अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मान्न सकिँदैन भन्ने सन्देश थियो । तर, पोखरेललाई माधवकुमार नेपाल, झलनाथ खनाल र वाम एकीकरणका सुत्राधार वामदेव गौतमले स्वीकार्ने अवस्था छैन । एकतापछिको अध्यक्षको तुरूपको के अर्थ भयो र ? ओलीका निक्कै नजिक भएका पोखरेलले वाम एकताको सन्दर्भमा पहिलेदेखि नै विवादास्पद अभिव्यक्ति दिएका कारण स्थायी कमिटि वैठकमा स्पष्टीकरण समेत दिनु परेको थियो । तर, उनी ओलीकै डिजनाइनमा मिडियावाजीमा उत्रिरहेका छन् ।


यसैबीचमा एमालेका अर्का मसिना नेता शेरधन राईले पनि प्रचण्डलाई अध्यक्ष मान्न नसकिने अभिव्यक्ति सार्वजनिक गरे । युवाहरूमाझ लक्षित गरेर दिइएको राईको यो बयानले पनि एकतामा संकत रहेको संकेत गरिरहेको थियो । ओलीका एक असलपात्र रहेका भोजपुरका प्रदेशसभा सदस्य राईले ओली नै अध्यक्ष र प्रधानमन्त्री बन्ने ठोकुवा पनि गरे । त्यसको पहिलो जवाफ माओवादी केन्द्रका तर्फबाट प्रचण्डका कान्छा ज्वाईँ जीवन आचार्यले सामाजिक सञ्जालमार्फत दिए । उनले ‘राईको यो अभिव्यक्तिले इतिहास कायम राख्न लागेको बामपन्थी ध्रुवीकरणमा संकट पैदा गर्ने प्रकारको रहेको’ लेखेका थिए । प्रचण्ड परिवारभित्रबाट सार्वजनिक भएको यो परोक्ष प्रतिक्रियाले खुमलटारले एमाले गतिविधिलाई निक्कै गहिरोसँग अध्ययन गरिरहेको संकेत गरेको छ । प्रचण्ड आजभोली परिवारका सदस्यमार्फत राजनीतिक धारणालाई बुझ्ने प्रयास गर्छन् । छोरा प्रकाशको निधनपछि उनको ठाउँमा कान्छी छोरी गंगा दाहाललाई स्थापित गराउनुले यसलाई पुष्टि गरेको छ ।


यहि साताको मध्यतिर प्रचण्डले फरक अभिव्यक्ति दिए – अहिले वामपन्थी एकीकरणलाई देशी विदेशी शक्तिले घेराबन्दिमा पारेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण सकिएको भोलीपल्ट उनको यो अभिव्यक्तिले बाम गठबन्धनमा भएपनि एकतामा संकटको बाँदल घुमिरहेको प्रष्ट संकेत गरेको छ । सोही दिन वाम एकताका एक प्रमुख सुत्राधार नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि प्रचण्डकै भाषामा प्रेस चौतारीको स्थापना दिवसमा भनिदिए– वाम एकता विभाजनका लागि विश्वशक्ति सक्रिय छन् । यो सक्रियता सफल भए सबैभन्दा ठूलो घाटा एमालेले व्यहोर्नुपर्नेछ । त्यो क्षति अकल्पनीय हुनसक्छ ।  


यी अभिव्यक्ति र विरोधाभाषले पार्टी एकीकरणको अन्तिम चरणमा रहेका एमाले र माओवादी केन्द्र एकै कम्युनिष्ट पार्टीको छाताभित्र आउने विषयलाई अझ अतिरञ्जनतामा पारेको छ । ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न नसक्ने अडानमा रहेका कारण पदीय बाँडफाँड र सैद्धान्तिक विषय टुंगोमा पुग्न नसकेको सवैको ठहर छ । ओली र प्रचण्डबीच हुने वान टु वान वार्तामा पनि ओलीको यहि अडान पेचिलो बनिरहेको छ । ‘प्रचण्डसँग भेट्दा एउटा कुरामा सहमति गर्ने र अनेक तुरूप फ्याँक्ने ओलीका कारण एकीकरणले निचोडको अवस्था पाउन सकेको छैन’, खुमलटार स्रोतले भन्यो,‘माओवादीलाई उपयोग गरेर सत्ता र शक्तिको केन्द्रमा पुग्ने रणनीतिमात्र अपनाएको भन्नेतिर एमाले लागेको बुझिएको छ । तर यसले एमालेलाई घाटा गर्छ ।’


प्रचण्ड एमालेले एकीकरणमा धोका दिएको खण्डमा एमाले विभाजन गराउने अन्तिम तयारी गरिसकेका छन् । त्यसका लागि एकीकरणको प्रस्ताव लिएर प्रचण्डसामु पुगेका वामदेव एक पात्र बनेका छन् । वामदेवको टेकोमा अडिएको वाम एकीकरणको मुद्दा उनकै कारण हुने या एमाले विभाजनमा पर्ने भन्ने विषयले निक्र्यौल गर्नेछ । त्यसलाई गौतमले संकेत समेत गरिसकेका छन् । उनले भने,‘क्षति एमालेलाई हुनेछ । कसैको स्वार्थ र प्रभावमा एकीकरण भाँड्न उद्दत हुनु भनेको पार्टीलाई विनाशको बाटोतिर लैजानु हो ।’


जसरी बाम समिकरण अकास्मात् भयो त्यसरी नै एमाले विभाजन अकास्मात्मै हुने संकेत गरेको छ । उच्च स्रोतका अनुसार एमाले–माओवादीको एकता भंग भयो भने गौतमले पार्टी विभाजन गरी माओवादीसँग मिसाउने तयारी गरिसकेका छन् । यसैले पनि बामदेवको जगमा एकताको अन्तिम प्रयत्न पनि भइरहेको छ । गौतमको गुट एमालेभित्रको बहुमतको सुविधा हो । अघिल्लो पटक झलनाथ खनालले गौतमको सहयोगमा अध्यक्षमा विजय हात पारेका थिए भने यसपटक ओली पनि गौतमको टेकोमा नै अध्यक्ष निर्वाचित भएका थिए । तर एमालेभित्र भन्दा पनि गौतम माओवादी केन्द्रभित्र निक्कै चर्चित छन् । प्रचण्डले गौतमको विश्वासमा नै केही प्रभावशाली नेताको क्षति सहेरै एमालेसँग एकीकरणका लागि पहलकदमी गरेका थिए । ‘माओवादी आफ्ने गति र लयमा हिँडिरहेको दल हो, संविधानससभादेखि संघीयता स्थापित गराउनसम्ममा प्रमुख भुमिका रहेका कराणले प्रचण्डको राजनीतिक महत्व अहिले कमजोर हुँदैन । एमालेले धोका दिएको खण्डमा उसले नराम्रो मुल्य चुकाउनुपर्छ ।’, खुमलटार स्रोतले भन्यो । जनप्रहारसाप्ताहिकमा समाचार छ ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top