दोलखाका सिडियो र डिएसपीले बुथ कव्जा गर्न सघाएः एमाले महासचिव


Sunday, 14 May, 2017 8:49 AM

काठमाण्डौ– एमाले महासचिव ईश्वर पोखरेलले दोलखाका सिडियो र डिएसपीले बुथ कव्जा गर्न सघाएको आरोप लगाएका छन् । निर्वाचन परिणामलगत्तै फेसबुक लाइभमार्फत बोल्दै महासचिव पोखरेलले  एमालेका उम्मेदवारले सुरक्षा माग्दा सुरक्षाकर्मीले उल्टै बुथ कब्जा गर्न सघाएको आरोप लगाएका हुन ।

दोलखाका सिडिओ र डीएसपी अत्यन्त उद्दण्ड ढंगले प्रस्तुत भएको भन्दै पोखरेलले निर्वाचनलाई स्वच्छ र मर्यादित  बनाउने सन्दर्भमा उनीहरुको भूमिका सकारात्मक नभएको उनको दावी थियो । एमालेले दोलखाको तामाकोशी र बैत्यश्वर गाउँपालिकाका आधा दर्जनभन्दा बढी मतदान केन्द्रमा पुनःनिर्वाचनको माग गरेको छ । दोलखाका डिएसपी रविन कार्की प्रधानमन्त्री पुष्पकमल दाहालका पुर्व पिएसओ हुन ।

पोखरेलले निर्वाचन आयोगको भूमिकामाथी समेत प्रश्न चिन्ह उठेको बताएका छन् । सत्तापक्षले दोलखामा आतंक मचाउदा समेत प्रशासनले सहयोग नगरेको पोखरेलको आरोप छ । स्थानिय निकायको निर्वाचनमा दोलखा सवैभन्दा बढी अशान्त भएको थियो । एमाले,माओवादी केन्द्र र कांग्रेसले आफु बलियो रहेको स्थानमा सर्वसाधरणलाई मतदान गर्न समेत अवरोध गरेको वुझिन आएको छ । उनिहरुले केही ठाउमा वुथ समेत कव्जा गरेका  छन् ।



 

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top