महतोको ‘गैरकानुनी’ बोलबाला, श्रीमतिको नाममा कानुन मिचेर व्यापार


Tuesday, 29 Nov, 2016 12:00 AM

काठमाडौं - पैसावाल र शक्तिकेन्द्रको वरिपरि नै रहेका व्यक्तिले कानुनको खिल्लि उडाउने गरेको तथ्य सावित गर्दै गैर आवासीय नेपाली संघका पूर्वाध्यक्ष उपेन्द्र महतोले आफ्नो श्रीमतिको नाममा गैरकानुनी धन्दा सुरु गरेका छन् ।

नेपालको सवैभन्दा ठूलो मिडिया हाउस कान्तिपुर पव्लिकेसन्स्का मालिक कैलाश सिरोहियासँग समेत उठबस रहेका महतोले श्रीमति समता प्रसादका नाममा आयुर्वेद उद्योगको गैरकानुनी काम गरिरहेको खुलेको छ ।

 सेवामुलक संस्थाको नाममा महतो श्रीमति समताका नाममा दर्ता रहेको उद्योगले नाफामुलक काममा हात हालेको छ । त्यसको तथ्य महतोले भारतीय योग गुरु रामदेवलाई नेपाल भित्राएर लगानी भएको अवगत गराउने क्रममा खुलेको हो ।

रामदेवले नेपाली १० हजार युवालाई रोजगारी दिने गरी पतञ्जली उद्योग नेपालमा खोल्न लागेको जानकारी दिएका थिए । अहिलेसम्म डेढ अर्ब लगानी भइसकेको जनाइएको उक्त उद्योगमा महतोको पैसा लगानी छ । पतञ्जलीले नेपालमा अरबौंको व्यापार अहिले पनि गरिरहेको छ । अब खुल्न लागेको उद्योग त झन कानुन विपरित रहेको खुलेको हो ।

लगानी गर्नुअगावै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति लिनुपर्ने भए पनि त्यो नलिई आर्थिक कारोबार गरेका छन् । अनधिकृत रुपमा सञ्चालन हुन लागेको उक्त उद्योगको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका थिए ।

भारतीय सत्तामा सिधा सम्बन्ध रहेका रामदेव भारतीय जनता पार्टीका लागि चुनावका बेला खटिएका थिए । भारतीय संस्थापनसँग सम्बन्ध बढाउनका लागि सरकारले पनि रामदेवको उद्योगको बारेमा मौनता देखाएको हो, जहाँ महतोको गैरकानुनी लगानी व्यापक रहेको छ । ‘महतोले यस्ता धेरै चिजमा लगानी गरेका छन्, उनको शक्तिकेन्द्रमा पहुँच भएका कारणले नै सामाजिक सेवाका नाममा नाफामुलक संस्था चलाइरहेका छन्’, स्रोतले भन्यो । महतोको कान्तिपुर टेलिभिजनमा पनि लगानी रहेको थियो । उनले सिरोहियासँग पनि आर्थिक सम्बन्ध रहेको बताइन्छ ।  

उद्योग विभागका अनुसार रामदेवले कुनै पनि उद्योगमा लगानी गर्ने अनुमति नै लिएका छैनन् । २०७१ भदौ २४ गते समताको नाममा शतप्रतिशत स्वदेशी लगानी रहने गरी उक्त कम्पनी उद्योग विभागमा दर्ता भएको थियो । रामदेवले भने उक्त कम्पनीमार्फत आफूले नेपालमा लगानी थालिसकेको दाबी गर्दै लगानी रकम ५ अर्ब पु¥याउने घोषणा गरेका थिए । पतञ्जली नेपालले सरकारलाई कर तिरेको प्रमाणहरु पनि अहिलेसम्म फेला परेको छैन । ‘खासगरी लगानीमा नै विवाद देखिएका कारण करको कुरा पनि ओझेलमा परेको छ’, स्रोतले भन्यो,‘अझ लगानी भित्राउने कुरा आइरहेको छ, यो कानुनसम्मत अहिलेसम्म देखिएको छैन ।’

त्यसो त नेपालका शक्तिकेन्द्रलाई रामदेवले फनफनी घुमाएका छन् । महतो रामदेवलाई स्वागत गर्नका लागि विमानस्थलसम्म पुगेका थिए । महतोको सिफारिसमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म रामदेवको कार्यक्रममा पुगेका हुन् । त्यसो त रामदेवले चलाएको शिविरमा नेपालमा नेताहरु झलनाथ खनालदेखि उपेन्द्र यादवसम्म पनि लुरुलुरु पुगेका छन् । नेपालमा भारतीय कम्पनीहरुको लगानीमा सरकारले पनि वैधानिकताको ख्याल गरेको छैन । भारतीय कम्पनीसँग मिलेर नेपालका शक्तिकेन्द्रमा रहेका व्यक्तिहरुले निरन्तर राज्यलाई लुटिरहेका छन् ।
‘विदेशी नागरिकले नेपालमा कुनै उद्योग खोल्नुपूर्व उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड वा प्रधानमन्त्रीले लगानी गर्ने लगानी बोर्डबाट लगानी रकम स्वीकृत गराउनुपर्छ रामदेवले अहिलेसम्म यी दुवै निकायबाट लगानी स्वीकृत गराएका छैनन् ।

त्यसो त नेपालमा रहेका जडिबुटीदेखि आयुर्वेदिक औषधीको खानीलाई भारतसम्म विस्तारका लागि रामदेवको यो लगानीको कुरा आएको उच्च अधिकारीहरुले बताएका छन् । नेपाल सरकारले लगानी गर्नुपर्ने ठाउँमा भारतका आमुख व्यक्ति र उनको कम्पनीको नाममा लगानीका कुरा खुलेआम भएका छन् । त्यसमा नेपालमा रहेका भेट्रान गैर आवासीय नेपाली संलग्नता देखिनु उचित नभएको ति अधिकारीले बताए ।

रामदेवको हरेक कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेताहरू र सरकारका उच्च अधिकारीहरू सहभागी हुने गरेकाले उनको गतिविधिमा सरकारी कर्मचारीले प्रश्न गर्न सकेका छैनन् । कुनै विदेशीले कम्पनी वा उद्योग खोल्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा पछिल्लो समय लगानी बोर्ड ऐन २०६८ को व्यवस्थाअनुसार लगानीको अनुमति लिनुपर्ने कानुनी प्रावधान भएपनि यसको नजरअन्दाज गरिएको  छ ।

Related News

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top