मुक्तिनाथ जादा उपल्लो मुस्ताङ् जानुहोस

के.वि.मसाल नेपालको धौलागिरी अन्चलमा पर्नेमुस्ताङ् जिल्ला हिमाल पारीको जिल्लाहो । पवित्र कालीग


Thursday, 24 Sep, 2015 10:56 AM

के.वि.मसाल
नेपालकोधौलागिरी अन्चलमा पर्ने मुस्ताङ् जिल्ला हिमाल पारीको जिल्ला हो। पवित्र कालीगण्डकीको शिर र हिन्दुको आस्थाको केन्द्र मुक्तिनाथ भएको कारणले विदेशि मात्र होइन प्रत्यक बर्ष हजारौको सख्यामा नेपाली मुस्ताङ जिल्लाको यात्रा गर्दछन । केहि बर्ष यता आएर मुस्ताङ जिल्ला जानको लागी हवाई उडानको मात्र भर पर्न पर्दैन । पोखरा वाग्लुङ् सडकको म्याग्दीको वेनी देखि मुस्ताङ जिल्लाको लागी मोटर मार्ग खुलेको छ । धार्मीक पर्यटकहरुको लागी म्याग्दीको तातो पानीको स्नान गरेर मुक्तिनाथ सम्मको यात्रा गर्नपनि सजिलो भएको छ । पोखराबाट बस चढेपछि नाउडाडा,लुम्ले,बिरेठाटी हुदै मोदी खोलाको किनारको सडक बाट पर्वतको सदरमुकामकुश्मा बजारको बाटो प्राकृतकि दृष्य,काली र मोदीको नागवेली पानीको वेग,अनि नेपालकै पहिलो पुलको रुपमा निमार्ण गरिएको कुश्मावलेवा जोडने कालीगण्डकीको केवुल पुल,पर्वत र वाग्लुङ् जिल्लाका अनगिन्ती ऐतिहासिक स्थल,हरिया डाडाकाडा अवलोकन गर्दै म्याग्दीजिल्लाको सदरमुकाम वेनी पुगिन्छ।

म्याग्दीको सदरमुकाम वेनी बाट ७५ कि.मि.को दुरीमा रहेको जोमसोम जादा बाटोमा वर्ने म्याग्दीको हिस्तान, घारा, मिरकोट दाना, तिप्ल्यााङ गाऊ र मुस्ताङ् जिल्लाको घाँस, लेते, कोवाङ् र मार्फा हुदै जोमसोम पुगिन्छ । मुक्तिनाथ जाने सोच र उद्देश्य राखेर मुस्ताङ् पुग्ने धेरै मानिसहरु मार्फा र जोमसोमको चहल पहल लाई नै मुस्ताङ् सझिएर मुक्तिनाथको दर्शन गरेर फर्कने गर्दछन । मुक्तिनाथ हिन्दु तथा बौद्ध मार्गीहरुको लागी महत्वपूर्ण तिर्थस्थल हो । यो समुन्द्रको सतह देखि ३ हजार ७१० मिटरको उचाई मा गोरङ्गा हिमालको फेदिमा रहेको छ । मुक्तिनाथ ५१ पिठ मध्य एक पिठको रुपमा पुजा आजा स्नान र दर्शन गरिन्छ । बौद्ध धर्म अनुसार यसलाई च्यूभिग ग्यातुसा भनिन्छ । जसको अर्थ तिब्बती भाषा अनुसार एकसए आठ पानी हो । मुक्तिनाथमा स्नान गर्नको लागी १ सय ८ बटा धाराहरु छन । सबै धाराहरुमा साडेको मुखको आकृती रहेको छ । यो सबै राजा मुकुन्दसेनल बनाएका हुन भन्ने कुरा इतिहासमा उल्लेख छ । टिवेटन धर्म दर्शन अनुसार गुरु रिन्पो चे टिवेटन बुद्ध धर्मका जन्मदाता यहि मुक्तिनाथको बाटो गरी तपस्या गरेर टिवेट गएका हुन भन्ने जनविस्वास रहेको छ । तर मुक्तिनाथ जाने धेरै मानिसहरु लाई उपल्लो मुस्ताङ्को बारेमा थाहा नहुने अथवा जाने उत्सुकता पनि नहुन सक्दछ । तर मुक्तिनाथ पुगेपछि उपल्लो मुस्ताङ् अर्थात लोमाथाङ् पुगेन भने मुस्ताङ् जिल्लाको महत्वनै थाहा हुदैन । उपल्लो मुस्ताङ्को जनजीवन, धर्म, सस्कृतीका बारेमा अध्यन भएन भने मुस्ताङ् जिल्ला पुग्नु र नपुग्नुले केहि अर्थ दिदैन । त्यतिमात्र होइन धेरै मानिस लाई कालीनदीको उदगम स्थलनै मुक्तिनाथ हो भन्ने भ्रम पनि छ । कालीगण्डकीको उदगम स्थल दामोदरकुण्ड हो । जुन स्थल उपल्लो मुस्ताङ्मा पर्दछ ।
नेपालको नक्सामा स्वसासित तिब्बत तिर फैलिएको अर्थात नक्सा हेर्दा टोपि लगाएको जस्तो देखिने भाग नै मुस्ताङ् जिल्लाको उपल्लो क्षेत्र अथवा लोमाङ्न्थाङ् हो । मुस्ताङ जिल्लाको १६ गाविस मध्य उपल्लो मुस्ताङ् भनिने यस क्षेत्रमा ६ बटा गाविस पर्दछन । लोमान्थाङ्, सुर्खाङ्, चराङ्, घमी, छोन्हुम र छोसेर को केन्द्र अर्थात उपल्लो मुस्ताङ्को राजधानी लोमान्थाङ् गाउ हो । प्राचिन कला सस्कृती, मानवबस्तीका गुफा र पर्खालले घेरेको शहर लोमान्थाङ् को बिशेषता हो । उपल्लो मुस्ताङ्मा गुम्वा र काचोमाटो बाट निर्माण गरिएको घरहरु देख्न सकिन्छ । मुस्ताङ् जिल्लाको सदरमुकाम जोमसोम बाट ८३ कि.मि. उत्तर पर्ने लोमान्थाङ्मा कच्ची मोटर मार्ग पुगेको छ । पानी कम परेको बेला पोखरा देखिनै मोटर बाट लोमान्थाङ् पुग्न सकिन्छ । लोमान्थाङ् क्षेत्र मानव बस्तीको ऐतिहासिक स्थल मानिन्छ । अहिले सम्मको अध्ययनले लोमान्थाङ् ३ हजार बर्ष अगाडी देखिनै तिब्बत सगं ब्यापार गर्ने नाकाको रुपमा विकास भएको क्षेत्र हो । अन्नपूर्ण हिमश्रृखलाको पछाडी पर्नेहुदा लोमान्थाङ् क्षेत्रमा पानी कम पर्दछ । अहिले पनि मुस्ताङ् जिल्लाका लोमान्थाङ् क्षेत्रका मानिसहरु घोताङ् नाका हुदै तिब्बत संग आफ्नो ब्यापार गर्दै आएका छन ।
विश्वमा १० उत्कृष्ट स्थलहरु मध्य नेपालको उपल्लो मुस्ताङ् तेस्रो स्थानमा पर्दछ । लिटिल टिब्बत भनेर विश्वलाई चिनाई राखेको उपल्लो मुस्ताङ्मा विदेशिहरु लाई सन १९९२ देखिमात्र भ्रमणको लागी नेपाल सरकारले खुल्ला गरेको हो । अहिले उपल्लो मुस्ताङ्मा नेपालीहरु भन्दा पनि विदेशि पर्यटकहरु धेरै जाने गर्दछन । दैनिक सयौको सख्यामा पुग्ने विदेशि पर्यटकहरु लोमान्थाङका ऐतिहासिक स्थलहरुमा रमाउने गरेका छन । लोमान्थाङ्मा ऐतिहासिक मुस्ताङ्े राजाको दरवार छ । राजा अम पालले सम्वत १४४० मा निर्माण गरेको लोमान्थाङ् दरवार ५ तलाको विशाल ऐतिहासिक भवन मानिन्छ । लोमान्थाङ्को ऐतिहासिक दरवार, गुम्वा, किल्ला र मानबस्तीका गुफा उपल्लो मुस्ताङ्को मात्र नभएर नेपालकै सास्ंकृतीक सम्पदा हुन । उपल्लो मुस्ताङ्मा लोमान्थाङ् दरवार, चराङ् दरवार र घमी दरवार ऐतिहासिक रुपले महत्वपूर्ण मानिन्छ । लोमान्थाङ दरवार मुस्ताङ्गी राजवशंको प्रथम राजा आमेपालको पालामा पन्ध्रौ शताब्दी तिर निर्माण भएको हो । यो दरवार १ मिटर चौडाई ६ मिटर अग्लो एल आकारको ८५६ मिटर लामो पर्खाल भित्रको परिसरमा रहेको छ । यो पर्खाल पुरै काचो माटो बाट निर्माण गरिएको हो । पर्खाल बनाउदा माटो खादन र मिलाउनको लागी चौरीहरु प्नि प्रयोगमा ल्याइएको लोमान्थाङ्को इतिहास छ ।
सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको लोमान्थाङ दरवारको पर्खालमा पाच कुना र विच, विचमा नौ मिटरका अग्ला बुर्जाहरु रहेको छ । लोमान्थाङ दरवारको पूर्व तिर एउटा मात्र प्रवेशको लागी गेट राखिएको छ । यस भित्र रहेका १५ औ शताब्दी तिर निमार्ण भएका मोन्खर दरवार, थुप्तेन गुम्वा, छयोदेन गुम्वा, झयाम्पाल गुम्वाहरुनै लोमान्थाङ् दरवारका आकर्षण ऐतिहासिक सम्पदा हो । स्थानिय भाषामा लो को अर्थ हृदय वा मन हो । मानको अर्थ कामना र थाङ्को अर्थ मैदान वा फाँट हुन्छ । त्यसैले मुस्ताङ्गी राजाको प्रभाव जहासम्म हुन्छ त्यस क्षेत्रलाई लोछोधेन भनिन्छ । तिब्बतमा रहेको साम्दे गुम्वा निर्माणको क्रममा पटकपटक भत्किएपछि गुरु पद्यसम्वाको सल्लाह अनुसार पहिला उपल्लो मुस्ताङ्को चराङ् गाविस–१ स्थित मराङ् भन्ने गाउँमा लोध्याकर गुम्वा निर्माण गरएको इतिहास छ । तिब्बतका राजा ढिक्सुङ् थक्चेनले आठौ शताव्दीमा निर्माण गरिएको विश्वमै पुरानो मानिने गुम्वा, मान्हे र आसपासमा रहेका चैते, प्राचिन कालमा ढुङबाट निर्मित २१ राता बुद्ध, आठ आम्ची बुद्ध हेर्नको लागी हजारौ विदेशि पर्यटकहरु उपल्लो मुस्ताङ् जाने गर्दछन । यो बाहेक उपल्लो मुस्ताङ्मा तिब्बतको झोङवासेन जिल्ला संग सिमा जोडिएको छोसेर, सुर्खाङ् र छोन्हुप गाविसमा समेत ऐतिहासिक गुम्वाहरु पनि रहेका छन  । बौद्धमार्गीहरु को लागी  अध्ययन, अनुसन्धान गर्नको लागी उपल्लो मुस्ताङ्को भ्रमण अति उपयोगि मानिन्छ ।
धवलागिरी र निलगिरी हिमालको विचमा रहेको मुस्ताङ् जिल्ला लाई माच्छापुञ्छे हिमालले पनि घेरेको छ । त्यसैले मुस्ताङ् जिल्ला लाई हिमाल पारीको जिल्ला भनेर पनि भन्ने गरिन्छ । उपल्लो मुस्ताङ्को पर्यटकहरु लाई आकर्षणको केन्द्र हो छुसाङ् गाविसमा पर्ने नर्सिङ्खोला को नुनखानी । परापूर्वकाल देखि सन्चालनमा आएको यो नुनखानी बाट उत्पादन भएको नुनले करिव ४ दशक अगाडी सम्म मुस्ताङ जिल्ला मात्र होइन म्याग्दी, वाग्लुङ्, पर्वत, कास्की लगाएत धेरै जिल्ला वासीले नर्सिङ खालाकै नुन खाने गर्दथिए । कालीगण्डकीको उदगमस्थल दामोदरकुण्ड देखि बग्दै आएको नर्सिङ खोलामा १२ ठाउमा नुनीलो पानीको मुल रहेको छ । कुनै बेला उपल्लो मुस्ताङ्का मानिसहरु नुनखानी सन्चालन गरेर ठूलो ब्यापारमा लागेका थिए । सुनको ब्यापार तिब्बतले गरे पनि नुनको ब्यापार मुस्ताङ्ले गरेको छ भन्ने प्रचलन समेत थियो । नुनको ब्यापारले चौरी, घोडा र खच्चरले काम पाएका थिए । अहिले नुनखानी पर्यटकहरुको लागी दृष्यावलोकन स्थलमात्र बनेको छ । नुन निकाल्न बनाइएका सयौ बर्ष पुराना ६ बटा सुरुङ् पनि अहिले सम्म रहेको छ । भारत बाट आयत गरिएको नुन सर्व सुलभ तरिकाले साल्ट टे«डिङ् कर्पोरेशनले सबै जिल्लामा पु¥याउन थालेपछि छुसाङ नर्सिङ खोलाको नुनखानी बन्द भएको हो ।
उपल्लो मुस्ताङ् को लोमान्थाङ् दरवार र गुम्वाको अवलोकन गरेपछि पुग्नै पर्ने अर्को स्थल हो दामोदर कुण्ड । धार्मीक अथवा प्राकृतीक रुपले अति मनमोहक सुन्दर हिमाली श्रृखलाको कुण्ड हो दामोदर कुण्ड । हिन्दुहरुको आस्थाको पवित्र कालीगण्डकी को उदगम स्थल दामोदर कुण्ड उपल्लो मुस्ताङ्को पूर्वी उत्तर र मनाङ् जिल्लाको तिलिचो ताल भन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ । जोमसोम देखि करिव १२० कि.मि. को दुरीमा रहेको दामोदरकुण्ड उपल्लो मुस्ताङको चराङ्को घारागाउँ बाट २ दिनको पैदल यात्रामा पुग्न सकिन्छ । घारा गाउँ बाट दामोदरकुण्ड सम्मको भूगोलमा मानव बस्ति नभएकोले त्यहा जाने जो कोहिले पनि सबै खाद्यान्न लगायत बन्दाबस्तिका सबै सामान साथमा लिएर जानु पर्दछ । तिर्थको लागी होस अथवा भ्रमणको लागी दामोदर कुण्ड जानको लागी श्रावर्ण र भाद्र महिना उपयुक्त मानिन्छ । अन्य समयमा हिमपात भै रहने हुदा दामोदर कुण्ड जानको लागी कठिन मानिन्छ । दामोदर कुण्डको आकर्षण भनेको कुण्ड वरपरको सबै भू–भाग कुशले ढाकेको छ । दामोदरकुण्डको वरपर पनि दर्जनौ अन्य कुण्डहरु रहेको छ । ति कुण्डहरुमा देखिने रातो, निलो, सेतो रङ्गंको पानीको सतह र उक्त दामोदर उपत्यकामा खरायोको क्रिडा स्थलले सबैलाई आनन्द दिलाउछ । मुस्ताङ् जिल्लामा दामोदर कुण्ड मात्र होइन तालको बारेमा अध्यन अनुसन्धान गर्नेहरुका लागी दुम्वा ताल, टिटी ताल र सेकोङ् तालले पनि पर्यटकहरु लाई मनै लोभ्याइ दिन्छ ।
स्याउको स्वाद बाट मुस्ताङ् जिल्ला राष्ट्रिय तथा अन्तराट्रिय बजारमा समेत चर्चा चल्ने गर्दछ । मुस्ताङ्को मार्फा, टुकुचे, कोवाङ्, जोमसोम र कागवेनी लगायतका गाउहरु स्याउ उत्पादनको दृष्टिकोणले उर्वर क्षेत्र मानिन्छ । हिमाली जिल्लामा अनेत्र नलाग्ने अनौठो मेला मुस्ताङ जिल्लामा लाग्ने गर्दछ । मुस्ताङ् जिल्लाको कोबाङ् गाविसको बोक्सीखोलामा चौरीको रगत पिउने मेला लाग्ने गर्दछ । कहिल्य नदेखेका मानिसहरुका लागि अनौठो लाग्ने यो मेलाको दृष्यले सबै लाई रामान्च र अनौठो लाग्ने गर्दछ । मुरुताङ् जिल्लामा यस्तो  मेला बर्षको दुई पटक लाग्ने गर्दछ । बैशाख महिनामा बोक्सीखोलामा र साउन महिनामा मार्चे लेखमा लाग्ने गर्दछ । यो मेलामा चौरी लाई बाधेर लडाई घाटीको मोटो नसा चक्कुले काटी रगत पिउने र पिउन दिने प्रचलन मुस्ताङ् जिल्लामा छ । यसरी नसा काटीयको चौरी लाई स्थानीय जडिबुटीले तुरुन्त सन्चो पारिने पनी गर्दछन । यो मेलामा स्वदेशि भन्दा पनि विदेशिहरु पुग्ने र चौरीको रगत पिउने गर्दछन । आफ्नै सस्कृती र प्राकृतीक वातावरणले मानिसहरु लाई मोहित बनाउछ मुस्ताङ् ले । तर मुस्ताङ् जिल्लामा तल्लो मुस्ताङ् बाहेक अन्य गाविसहरुमा कतैपनि जमिन किन्न पाउदैनन । नेपालको संविधानले हरेक नेपालीहरु लाई देशभित्र आवतजावत गर्ने, जग्गा जमिन खरिदबिक्रि गर्ने तथा सम्पती भोगचलन गर्ने कुरालाई मौलिक अधिकार मानिन्छ । तर पनि मुस्ताङ् जिल्लामा अझपनि मुखिया प्रथा चलेको छ । यो प्रथाले अन्य जिल्लाका नागरिकहरु लाई जमिन खरिद गर्नमा रोक लगाउदै आएका छन ।
मुस्ताङ् जिल्लामा केहिबर्ष यता आएर सडक यातायातको सन्चालन भएपछि पर्यटकहरको सख्या बढन थालेको छ । आन्तरिक धार्मीक पर्यटकहरुमा बिभिन्न जिल्लाका संघ÷सस्थाका समूहहरु, विद्यालयका विद्यार्थी, धार्मीक आस्था राख्ने ब्यक्तिहरुले मुस्ताङ् जिल्ला भ्रमण गर्ने लहरनै चलेको छ । विदेशिहरुमा भारतिय पर्यटकहरुको सख्यापनि सालिन्दा बढदै गएको छ । तेस्रो मुलुक बाट आउने पर्यटकको सख्याभने झनै वृद्धिहुदै गएको छ । पोखरा देखि जोमसोम सम्मको हवाई यात्रा र पोखरा, पर्वत वेनी हुदै सडक यातायात बाट र कोहि विदेशि पर्यटकहरु घोडेपानी, सिख, घार हुदै पैदल यात्रामा पनि मुस्ताङ जिल्लामा पर्यटकहरु जाने गर्दछन । कतिपय विदेशि पर्यटक लमजुङको सदरमुकाम वेसिशहर मनाङ् चामे हुदै मनाङ्को थोराङ् पिकको पैदल यात्रा बाट पनि मुस्ताङ् जाने गर्दछन । तर यो मार्ग हिमपात भएको समयमा बन्द हुन्छ । हिमाल र हिमाली प्राकृतीक दृष्य हेर्नको लागी मुस्ताङ्मा उपल्लो मुस्ताङ्को यात्रा पछि निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याकावा पिक, धम्पुस पिक र टुकुचे पिक जस्ता रमणिय हिम श्रृखलाहरु छन । एक पटक मुस्ताङ् पगौ ! आफ्नो देशको हिमाल पारीको जनजीवन, भौगोलिक अवस्था, सास्कृतीक सम्पदा मुक्तिनाथको दर्शन र लोमान्थाङ्  क्षेत्रका ऐतिहासिक गुम्वा, प्राचिन मानव बस्तिको गुफा, नुनखानी, दामोदरकुण्ड र प्राकृतीक मनोरम दृष्यको अवलोकन गरौ ।

बिचार

यसकारण आईजिपीका हकदार हुन सिलवाल ?

धनबहादुर पुरी
नेपाल प्रहरीमा अहिले आईजीपी को बन्ला रु भन्ने विषयले सरगर्मी बढाएको छ । वर्तमान आईजीपी उपेन्द्रकान्त अर्यालको पदावधि सकिएसँगै नयाँ आईजीपीका लागि दौडधूप सुरु भएको छ । अर्यालको म्याद सकिएपछि नेपाल प्रहरीले २५औँँ आईजीपी पाउनेछ । नेपाल प्रहरीको अबको आईजीपी को बन्छ भन्ने चासो प्रहरी संगठनभित्र र बाहिर बढ्न थालेको छ । प्रहरी प्रमुख आईजीपी अर्याल अवकास हुने मिति नजिकिँदै गर्दा आईजीपी हुने दौडधूप अहिले सुरु भएको छ । कामभन्दा पनि राजनीतिक र बाह्य फोर्स लगाएर आईजीपी बन्ने दाउमा केही भष्ट्र प्रहरी अधिकृतहरु पनि खुलेर लागेका छन् ।

भारतले बुझिदिनुपर्छ : नेपालको छिमेकमा चीन पनि छ

हुआङ योई चीन सरकारलाई सल्लाह दिने आधिकारिक निकाय ‘चाइनिज पिपुल पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’का विदेश मामिला सदस्य तथा थिंकट्यांक संस्था चाहार इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका महासचिव हुन् । काठमाडौंस्थित सिन्ह्वा न्युज एजेन्सीको आयोजनामा भइरहेको ‘चीन नेपाल थिंकट्यांक सम्मेलन’मा सहभागी हुन सोमबार साँझ काठमाडौं आएका हुवाङले नेपाल, भारत र चीनबीच आर्थिक करिडोर निर्माण र दीर्घकालीन आर्थिक सहकार्यमा जोड दिँदै आएका छन् । मंगलबार बिहान उनीसँग नेपाल–चीन सम्बन्ध, नेपालमा बढ्दै गएको चिनियाँ प्रभाव, नेपाल–चीन सम्बन्धबारे भारतको चासोलगायत विषयमा गरिएको कुराकानी प्रस्तुत छ :

तपार्इंको नेपाल भ्रमणको उद्देश्य के हो ?
दुईवटा उद्देश्यले म काठमाडौं आएको छु । पहिलो, सिन्ह्वा न्युज एजेन्सीले आयोजना गरेको थिंकट्यांक डायलगमा सहभागी हुने । विभिन्न विश्वविद्यालय तथा थिंकट्यांक संस्थाबाट हामी १४ जना यहाँ आएका छौँ । म चाहार इन्स्टिच्युटलाई प्रतिनिधित्व गर्छु । यो चीनको ठूला थिंकट्यांक संस्थामध्येको एक हो । हामी पब्लिक डिप्लोमेसीमा काम गरिरहेका छौँ ताकि चिनियाँहरूले नेपाललाई राम्रोसँग बुझून् र हाम्रो धारणा नेपालका जनतालाई स्पष्ट पार्न सकौँ । आपसी समझदारी बढाऔँ भन्ने मेरो भ्रमणको उद्देश्य हो ।

महत्वपूर्ण वेबसाइट

Top