महिला मन्त्रीको नग्न तस्वीर लिक


Tuesday, 29 Nov, 2016 12:00 AM

एजेन्सी - युक्रेनकी युवामन्त्री अनस्तासिया दीवाका टपलेस र नग्न तस्वीर सार्वजनिक भएका छन् । २४ वर्षको उमेरमा युक्रेनको उप–इन्टेरियरमन्त्री बन्न सफल दीवाका सार्वजनिक नग्न तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

देशको मन्त्रीकै नग्न तस्वीर सार्वजनिक भएपछि जनताले उनको बर्खास्तीको माग गरेका छन् । प्रायः विवादमा आइरहने दीवा यसपटक नग्न फोटोका कारण विवादमा आएको समाचार संस्था डेलीमेलले जनाएको छ ।

दीवाका फोटोहरु भाइरल भएर राजीनामा र बर्खास्त गरिनुपर्ने माग उठेपछि उनको बचाउमा इन्टेरियरमन्त्री उत्रेका छन् । मन्त्री आर्सेन आवाकोवले ती तस्बिरहरु दीवाको नीजि तस्बिर भएको बताउँदै उनी कलेज पढ्दाताका उक्त फोटो खिचिएको दाबी गरेका छन् ।

बिचार

यसकारण आईजिपीका हकदार हुन सिलवाल ?

धनबहादुर पुरी
नेपाल प्रहरीमा अहिले आईजीपी को बन्ला रु भन्ने विषयले सरगर्मी बढाएको छ । वर्तमान आईजीपी उपेन्द्रकान्त अर्यालको पदावधि सकिएसँगै नयाँ आईजीपीका लागि दौडधूप सुरु भएको छ । अर्यालको म्याद सकिएपछि नेपाल प्रहरीले २५औँँ आईजीपी पाउनेछ । नेपाल प्रहरीको अबको आईजीपी को बन्छ भन्ने चासो प्रहरी संगठनभित्र र बाहिर बढ्न थालेको छ । प्रहरी प्रमुख आईजीपी अर्याल अवकास हुने मिति नजिकिँदै गर्दा आईजीपी हुने दौडधूप अहिले सुरु भएको छ । कामभन्दा पनि राजनीतिक र बाह्य फोर्स लगाएर आईजीपी बन्ने दाउमा केही भष्ट्र प्रहरी अधिकृतहरु पनि खुलेर लागेका छन् ।

भारतले बुझिदिनुपर्छ : नेपालको छिमेकमा चीन पनि छ

हुआङ योई चीन सरकारलाई सल्लाह दिने आधिकारिक निकाय ‘चाइनिज पिपुल पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’का विदेश मामिला सदस्य तथा थिंकट्यांक संस्था चाहार इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका महासचिव हुन् । काठमाडौंस्थित सिन्ह्वा न्युज एजेन्सीको आयोजनामा भइरहेको ‘चीन नेपाल थिंकट्यांक सम्मेलन’मा सहभागी हुन सोमबार साँझ काठमाडौं आएका हुवाङले नेपाल, भारत र चीनबीच आर्थिक करिडोर निर्माण र दीर्घकालीन आर्थिक सहकार्यमा जोड दिँदै आएका छन् । मंगलबार बिहान उनीसँग नेपाल–चीन सम्बन्ध, नेपालमा बढ्दै गएको चिनियाँ प्रभाव, नेपाल–चीन सम्बन्धबारे भारतको चासोलगायत विषयमा गरिएको कुराकानी प्रस्तुत छ :

तपार्इंको नेपाल भ्रमणको उद्देश्य के हो ?
दुईवटा उद्देश्यले म काठमाडौं आएको छु । पहिलो, सिन्ह्वा न्युज एजेन्सीले आयोजना गरेको थिंकट्यांक डायलगमा सहभागी हुने । विभिन्न विश्वविद्यालय तथा थिंकट्यांक संस्थाबाट हामी १४ जना यहाँ आएका छौँ । म चाहार इन्स्टिच्युटलाई प्रतिनिधित्व गर्छु । यो चीनको ठूला थिंकट्यांक संस्थामध्येको एक हो । हामी पब्लिक डिप्लोमेसीमा काम गरिरहेका छौँ ताकि चिनियाँहरूले नेपाललाई राम्रोसँग बुझून् र हाम्रो धारणा नेपालका जनतालाई स्पष्ट पार्न सकौँ । आपसी समझदारी बढाऔँ भन्ने मेरो भ्रमणको उद्देश्य हो ।

महत्वपूर्ण वेबसाइट

Top